
संसद विघटनसम्बन्धी सूचना प्रकाशित राजपत्रको आधिकारिकता जाँच्न माग गर्दै सर्वोच्चमा निवेदन
११ माघ २०७७ काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी सूचना छापिएको राजपत्रको आधिकारिकता जाँच्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन परेको छ। नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–नेपाल समूहका नेता कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ, रामकुमारी झाँक्रीलगायतले आज संवैधानिक इजलासमा निवेदन दिनुभएको हो ।...