जयन्ती

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

२७ पुस २०७७ काठमाडौं। नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको जन्म जयन्तीका आवसरमा आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदैछ । गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विक्रम संवत १७७९ पुस २७ गते जन्मिएका शाहले...

धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको दिनको सम्झनामा गीता जयन्ती मनाइँदै

१० पुस २०७७ काठमाडौं । वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको दिनको सम्झनामा पाठपारायण एवं प्रवचनलगायत विविध कार्यक्रम गरी आज गीता जयन्ती पर्व मनाइँदैछ । वैदिक ज्ञान भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले गीता जयन्तीको अवसर पारेर...

आज विभिन्न कार्यक्रमसहित गुरुनानक जयन्ती मनाइँदै

१५ मंसिर, २०७७ काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख धर्मका प्रवर्तक गुरुनानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । गुरुनानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाब प्रान्तमा भएको थियो । उहाँले...

विश्वस्तरका महाकवि देवकोटा जयन्ती मनाइँदै

२९ कात्तिक, २०७७ काठमाडौं । नेपाली साहित्यका विराट् प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा...

धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

२८ कात्तिक, २०७७ काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्य दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको...

आज फाल्गुनन्द जन्म जयन्ती मनाइँदै

२५ कात्तिक, २०७७ काठमाडौं । आज किराँत धर्मावलम्बीका महागुरु एवम् राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मजयन्ती विभिन्न कार्यक्रमसहित मनाइँदैछ । विक्रम सम्बत १९४२ कात्तिक २५ गते इलामको पश्चिमी क्षेत्र चुक्चिनाम्बामा जन्मिएका फाल्गुनन्दले समाज सुधारमा महत्वपूर्ण योगदान दिएको बताइन्छ । उनले किरात...