क्वारेन्टिन

ढाका पुगेको नेपाली फूटबल टोली क्वारेन्टिनमै अभ्यास गर्दै

२१ कात्तिक, २०७७ काठमाडौं । मैत्रीपूर्ण खेलका लागि बिहीबार बंगलादेश पुगेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो दिन क्वारिन्टन बसेको होटलमा नै सामान्य अभ्यास गरेको छ । बंगलादेशसँग नेपालले दुई मैत्रीपूर्ण खेल खेल्नेछ । मैत्रीपूर्ण खेलका लागि यति बेला नेपाली...

क्वारेन्टिनमा बसेकाहरु रिपोर्ट नआउँदै घर जान्छन् , सुदूरपश्चिमका गाउँगाउँमा सङ्क्रमणको त्रास

२३ असार, २०७७, बैतडी । गत चैत १४ गते पहिलो पटक कोरोना भाइरसको सङ्क्रमण देखिएको सुदूरपश्चिम प्रदेशमा अहिले तीन हजार ५०० भन्दा बढी नागरिकमा यो सङ्क्रमण पुष्टि भइसकेको छ । प्रदेशमा सङ्क्रमण पुष्टि हुनेमा अधिकांश भारतबाट फर्किएकाहरु नै छन्...

सुत्केरीको अपरेशनमा संलग्न मध्यपुर अस्पतालका चिकित्सकसहित ३० जना क्वारेन्टिनमा

२५ जेठ, २०७७ भक्तपुर । भक्तपुरका छैठौं संक्रमित सुत्केरी महिलाको अपरेशनमा संलग्न मध्यपुर अस्पतालका चिकित्सक तथा स्वस्थ्यकर्मीसहित ३० जनालाई क्वारन्टिनमा राखिएको छ । सुत्केरी महिला बसेको गाइने वार्ड र अपरेशन कक्ष सिल गरि वार्डमा रहेका विरामी र आफन्त गरी...

क्वारेन्टिन व्यवस्थापनमा ध्यान दिन नसकेकोमा सत्तारुढ सांसदहरुकै आपत्ति

२५ जेठ, २०७७ काठमाडौं । सरकारले क्वारेन्टिन व्यवस्थापनमा ध्यान दिन नसकेको भन्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकै सांसदहरुले आपत्ति जनाएका छन् । राष्ट्रियसभा बैठकमा बोल्दै सत्तारुनेकपाका मुख्य सचेत खिमलाल भट्टराईले क्वारेन्टिन हिरासत जस्तो भन्दै सुधारमा सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले...

डडेल्धुरामा क्वारेन्टिनमा बसेकी एक महिलाको मृत्यु

२१ जेठ, २०७७, डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको क्वारेन्टिनमा बसेकी एक महिलाको मृत्यु भएको छ । गन्यापधुरा गाउँपालिका( १ असिग्राम आधारभुत विद्यालय रौनाकोट क्वारेन्टिनमा बसेकी ३० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक महिला र उनका श्रीमान्...

झापामा क्वारेन्टिनमा रहेकाहरु आन्दोलित

२० जेठ, २०७७ । झापाको कचनकवल गाउँपालिकाको बनियानीस्थित लक्ष्मी प्रसाद देवकोटा माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिनमा रहेकाहरु आन्दोलित भएका छन् । आफुहरुसँगै रहेका १७ जना कोरोना संक्रमित विपी अस्पताल धरानबाट डिस्चार्ज भइसक्दा पनि आफुहरुलाई क्वारेन्टिनमै राखिएको भन्दै उनीहरु आन्दोलित भएका...

बैतडीमा क्वारेन्टिनमा रहेकी एक युवतीको मृत्यु, स्वाब परीक्षण गर्ने तयारी

२० जेठ, २०७७, बैतडी । बैतडीमा क्वारेन्टिनमा रहेकी एक युवतीको मृत्यु भएको छ । बैतडीको पुर्चौडी नगरपालिका–४ भटनाको मालिका मावि क्वारेन्टिनमा रहेकी २२ वर्षीय युवतीको आज बिहान मृत्यु भएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले हिमालय टेलिभिजनलाई जानकारी दिनुभयो ।...