ओली समूह

नेकपा ओली समूहको मुख्य दुश्मन नेपाली कांग्रेस : उपप्रधानमन्त्री पोखरेल (भिडियो रिपोर्टसहित)

१४ फागुन २०७७ काठमाडौं । नेकपा ओली समूहका नेता एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रतिपक्षी नेपाली कांग्रेसका बारेमा विवादास्पद अभिव्यक्ति दिनुभएको छ । पार्टीको दस्तावेज र नीतिविपरीत पोखरेलले कांग्रेसलाई दुश्मन भन्नुभएको हो । उहाँका अनुसार कांग्रेस बैरी पार्टी हो ।...

नेकपा ओली समूहले देव गुरुङलाई मुख्य सचेतकबाट हटायो, विशाल भट्टराई मनोनित

१४ फागुन २०७७ काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टीको ओली समूहले देव गुरुङलाई संसदीय दलको मुख्य सचेतकबाट हटाएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले गुरुङलाई हटाएर विशाल भट्टराईलाई मुख्य सचेतकको जिम्मेवारी दिनुभएको छ । संसदीय दलको विधान...

केन्द्रदेखि प्रदेशसम्म ओली समूहलाई निस्तेज पार्ने योजनामा प्रचण्ड–नेपाल समूह

१४ फागुन २०७७ काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूह संघ हुँदै प्रदेश सरकारकै नेतृत्व फेरबललाई केन्द्रमा राखेर अगाडि बढ्ने रणनीतिमा लागेको छ। शुरुमा ओलीको सत्ताच्यूत गर्नका लागि समीकरण थालेको यो समूह वर्तमान सरकार परिवर्तन गर्ने र यही समीकरणका आधारमा प्रदेश...

ओली समूहका नेता पोखरेल भन्छन्–सर्वोच्चको फैसला बिर्सनुस्, संसद विघटनको उद्देश्य पूरा भयो (भिडियो रिपोर्टसहित)

१२ फागुन २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका स्थायी कमिटी सदस्य शंकर पोखरेलले प्रचण्ड–नेपालहरु गैरकम्युनिष्ट पार्टीको नेतृत्वको सरकारका लागि भिख माग्दै हिँडेको बताउनुभएको छ । आज नेकपा ओली निकट राष्ट्रिय युवा संघ नेपालको प्रथम केन्द्रीय कमिटी...

अदालतले तोकेको समयभित्रै संसद् बोलाउने नेकपा ओली समूहको निर्णय

१२ फागुन २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतको प्रतिनिधि सभा विघटनलाई बदर र १३ दिनभित्र प्रतिनिधि सभाको बैठक बोलाउन गरेको फैसलालाई कार्यान्वयन गर्ने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा...

ओलीका पक्षमा साइबर सेना बनेर काम गर्ने नेकपा ओली समूह निकट युवा संघको निर्णय

८ फागुन २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूह निकट राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको साइबर सेना बनेर काम गर्ने निर्णय गरेको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर संघका अध्यक्ष बचनबहादुर सिंहले माघ...

दल दर्ता प्रक्रिया शुरु गर्न निर्वाचन आयोगलाई ओली समूहको आग्रह

१६ माघ २०७७ काठमाडौं । प्रचण्ड–नेपाल समूहले भाग नलिएको छलफलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहले निर्वाचन आयोगलाई दल दर्ता प्रक्रिया अघि बढाउन आग्रह गरेको छ । प्रचण्ड नेपाल समूहबिना भएको छलफलमा ओली समूहले प्रक्रिया अघि बढाउन भनेको...

ओली समूहको बुटवल भेलामा प्रचण्ड–नेपाल पक्षमाथि आक्रमण (भिडियोसहित)

१९ पुस २०७७ बुटवल । बुटवलमा आज कार्यकर्ता भेला गरेर ओली पक्षका नेताले पनि प्रचण्ड नेपाल पक्षमाथि आक्रमण गरेका छन्। महासचिव विष्णु पौडेल, ऊर्जा मन्त्री टोपबहादुर रायमाझी, मुख्यमन्त्री शंकर पोखरेललगायतले प्रचण्डको महत्वकांक्षाका कारण पार्टी संकटमा परेको आरोप समेत लगाएका...

नेकपा ओली समूहको कार्यकर्ता भेला काठमाडौंमा (लाइभ)

१८ पुस २०७७ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केपी ओली समूहले आज काठमाडौंमा कार्यकर्ता भेला गरिरहेको छ । ओली पक्षको काठमाडौं जिल्ला कमिटीले काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा भेला आयोजना गरेको हो । भेलालाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री...