उपाध्यक्ष

उपाध्यक्ष बामदेव गौतमद्वारा नेकपा एमाले परित्याग

१८ भदौ २०७८ काठमाडौं । नेकपा(एमाले)का उपाध्यक्ष वामदेव गौतमले पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिनुभएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरिएको राजीनामा पत्र उपाध्यक्ष गौतमले आज पार्टी केन्द्रीय कार्यालय थापाथलीमा दर्ता गराउनु भएको छ । राजीनामापत्रमा उहाँले...

एमाले विभाजनमा ओलीलाई मात्र दोष दिएर कसैले छुट पाउँदैनः उपाध्यक्ष ज्ञवाली (भिडियो रिपोर्टसहित)

१५ भदौ २०७८ काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं कर्णाली प्रदेश इन्चार्ज युवराज ज्ञवालीले पार्टी विभाजनमा अध्यक्ष केपी ओलीलाई दोष दिएर मात्र कसैले छुट नपाउने बताउनुभएको छ । एमालेको कर्णाली प्रदेश कमिटीले सुर्खेतमा गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष ज्ञवालीले पार्टीका...

एमाले उपाध्यक्ष गौतमले पार्टी नछाडेको गौतमको सचिवालयको दाबी

६ भदौ २०७८ काठमाडौं । उपाध्यक्ष वामदेव गौतम अहिलेसम्म एमालेमै रहेको उहाँको सचिवालयले जनाएको छ । उपाध्यक्ष गौतम नेकपा एकीकृत समाजवादीमा गइसकेको प्रचार गरेर चरित्र हत्या गर्न खोजिएको भन्दै सचिवालयले सामाजिक सञ्जालमार्फत आपत्ति जनाएको छ । सञ्चारमाध्याम र सामाजिक...

दशबुँदे सहमति कार्यान्वयनको शर्तमा हामी एमालेमा छौं, ओलीले गल्ती ‘रियलाइज’ गर्नुपर्छ : युवराज ज्ञवाली, उपाध्यक्ष, नेकपा एमाले

४ भदौ २०७८ काठमाडौं । नेकपा एमालेमा माधवकुमार नेपाललाई साथ दिँदै आएका दोस्रो तहका नेताहरुले अन्तिममा पार्टी खोल्न साथ दिएनन, बरु उनीहरुले एमालेमै बस्ने एकताका लागि दबाब दिने र संघर्ष गर्ने निर्णय गरे । पहिले तिनै नेताहरु पार्टी खोल्नुपर्छ...

व्यक्तिगत स्वामित्व रहेसम्म सुकुम्बासी समस्या हल नहुने एमाले उपाध्यक्ष गौतमको दाबी (भिडियो रिपोर्टसहित)

२४ साउन २०७८ काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले जमिनमाथि व्यक्तिगत स्वामित्व कायम हुँदा सुकुम्बासी बन्ने प्रक्रिया शुरु हुने भएकाले खण्डीकरण गरिएका जमिनलाई राज्यले खरिद गरेर चक्लाबन्दीसहित कृषि उत्पादकत्व बढाउनुपर्ने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष...

एन्फा उपाध्यक्ष थापाद्वारा टेक्निकल कमिटीबाट राजीनामा

८ साउन २०७८ काठमाडौं । अखिल नेपाल फूटबल संघ (एन्फा)का उपाध्यक्ष कृष्णबहादुर थापाले टेक्निकल कमिटी संयोजकबाट राजीनामा दिएका छन् । आफ्नो जानकारीबिना विधान विपरीत एन्फामा प्रशिक्षक नियुक्तिदेखि खेलाडी छनोट गरिएको भन्दै उनले टेक्निकल कमिटीको संयोजक पदबाट राजीनामा दिएका हुन्...

नाटकीय ढंगले सांसद पदबाट राजीनामा दिएका भीम रावलद्वारा राजीनामा फिर्ता

८ साउन २०७८ काठमाडौं । नाटकीय ढंगले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नाटकीय ढंगले राजीनामा फिर्ता लिनुभएको छ । संसद सचिवालय सिंहदरबार पुगी सभामुख अग्नि सापकोटालाई भेटेर रावलले राजीनामा फिर्ता लिनुभएको हो । आफ्नो निर्वाचन...

एमालेले जारी गरेको ह्वीप सर्वोच्च अदालतको आदेशविपरीतः उपाध्यक्ष गौतम (भिडियो रिपोर्टसहित)

३ साउन २०७८ काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिन पार्टीले जारी गरेको ह्वीप सर्वोच्चको आदेश विपरित रहेको बताउनुभएको छ । संसद भवनमा आज पत्रकारसित कुरा गर्दै गौतमले देउवाको विपक्षीमा मतदान गर्न पार्टीले...

संसद विघटनविरुद्धको मुद्दा फैसलापछि मात्र पार्टी एक हुने उपाध्यक्ष गौतमको दाबी (भिडियो रिपोर्टसहित)

२७ असार २०७८ काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले संसद विघटनको मुद्दामा सर्वोच्चको फैसला आएपछि मात्र पार्टी एक हुने बताउनुभएको छ । पार्टीको विवाद समाधानका लागि कार्यदलले काम गरिरहेका बेला राष्ट्रियसभा बैठकमा सम्बोधन गर्दै उपाध्यक्ष गौतमले तत्काल एकता...

नेपाल र ओलीको रिस शान्त नभएसम्म एमाले एकता सम्भव छैनः उपाध्यक्ष गौतम (भिडियो रिपोर्टसहित)

२० असार २०७८ काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपालको रिस शान्त नभएसम्म पार्टी एकता संभव नहुने बताउनुभएको छ । राष्ट्रियसभाको बैठकपछि संघीय संसद भवन नयाँवानेश्वरमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया...