नेपालको संसदमा अहिलेसम्म ककसले गरे सम्बोधन
![नेपालको संसदमा अहिलेसम्म ककसले गरे सम्बोधन](https://www.himalayatv.com/wp-content/uploads/2023/10/gutres.jpg)
१४ कात्तिक २०८० काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको संसदमा सम्बोधन गर्नुभयो । अपराह्न ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई उहाँले सम्बोधन गर्नुभएको हो । नेपालको संसदीय इतिहासमा जर्मन चान्सलरदेखि भारतीय प्रधानमन्त्रीसम्मले संसदमा सम्वोधन गरेका छन् । अहिलेसम्म क(कसले यसरी गरे त सम्बोधन ?
संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रसंघको महासचिवको हैसियतमा गुटेरेसले रोस्ट्रमबाटै सम्बोधन गर्नुभयो । संविधान जारी भएपछि संसदमा सम्बोधन गर्ने पहिलो विदेशी पाहुनाका रुपमा महासचिव एन्टोनियो गुटेरेस रहनुभएको छ । गुटेरेस ४ दिने नेपाल भ्रमणमा हुनुहुन्छ ।
प्रतिनिधिसभा नियमावलीमै संयुक्त राष्ट्र संघको महासचिवले बैठकलाई सम्बोधन गर्न सक्ने र त्यसका लागि सरकारले अनुरोध गरेमा सभामुखले अनुमति दिन सक्ने व्यवस्था छ ।
प्रतिनिधिसभा नियमावलीमा के छ ?
प्रतिनिधिसभा नियमावली २०७९ को दफा २५१ मा भनिएको छ– कुनै विदेशी राष्ट्र प्रमुख, सरकार प्रमुख, सभामुख, अध्यक्ष वा संयुक्त राष्ट्र संघका महासचिवले बैठकलाई सम्बोधन गर्ने व्यवस्थाका लागि नेपाल सरकारले अनुरोध गरेमा सभामुखले अनुमति दिन सक्नेछ । सम्बोधन गर्ने त्यस्तो पदाधिकारीलाई सभामुखले आफ्नो आशनको दायाँतर्फ आशन ग्रहण गराउन सक्नेछ ।
संसदमा सम्बोधन गराउनुभनेको विशेष महत्व दिने अर्थका रुपमा लिने गरिन्छ । यसअघि कसले(कसले नेपालको संसदमा सम्बोधन गरे त रु
सन् २००८ अक्टोबर( राष्ट्रसंघका तत्कालीन महासचिव बान कि मुन
यसअघि सन् २००८ को अक्टोबरमा राष्ट्रसंघका तत्कालीन महासचिव बान कि मुन काठमाडौं आउनुभएको थियो । पहिलो संविधानसभाकालमा नेपाल आउनुभएका मुनले संविधानसभा रोस्ट्रममा उभिएर सम्बोधन गर्न पाउनुभएन । उहाँका लागि संविधानसभा बैठक हल नजिकै परिसरमा कार्यक्रम आयोजना गरिएको थियो । मुख्य सभास्थलको रोष्ट्रममा उभिएर सम्बोधन गर्ने व्यवस्था गरिएको थिएन । त्यसअघि पनि पटक–पटक राष्ट्रसंघीय महासचिवले नेपाल भ्रमण गरेका थिए । तर, संसद्को रोस्ट्रममा उभिएर सम्बोधन गर्ने गुटेरेस पहिलो महासचिव हुनुहुन्छ ।
सन् २०१४ अगष्ट– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी
भारतका प्रधानमन्त्री बनेपछि नेपाल आउनुभएका नरेन्द्र मोदीले सरकार प्रमुखको रूपमा १९ साउन २०७१ तदनुसार अगष्ट ४, २०१४ मा सदनलाई सम्बोधन गर्नुभएको थियो ।
सन् २०१४ जुन– म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकी
म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीले २०७१ जेठ ३० गते तदनुसार ४ अगष्ट २०१४ मा नेपाल भ्रमणका क्रममा संसदको ल्होत्से हलमा आफ्नो सम्बोधन गर्नुभएको थियो ।
नेपालको संसदीय इतिहासलाई हेर्दा सबैभन्दा पहिला सदनमा समबोधन गर्ने विदेशी भने तत्कालीन जर्मन चान्सलर हेल्मुट कोहल हुन् । राष्ट्रिय पञ्चायतलाई पनि सदन भन्ने गरिन्थ्यो । कोहलले २०४४ असार ४ गते राष्ट्रिय पञ्चायतलाई सम्बोधन गर्नुभएको थियो । २०३९ असोजमा जिम्मेवारी सम्हालेका कोहल २०५५ कात्तिकसम्म जर्मन चान्सलर हुनुहुन्थ्यो ।
पञ्चायतकै बेलामा भारतीय लोकसभा अध्यक्ष बलराम जाखर २०४५ भदौ २१ मा राष्ट्रिय पञ्चायत पुग्नुभएको थियो । सदनमा जाखर पुग्दा तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य उमेशजंग थापाले भारतविरोधी नारा लगाउँदै विरोध गर्नुभएको थियो । जाखरले १२ मिनेट राष्ट्रिय पञ्चायतमा बिताउनुभएको थियो ।
जो नेपाल आए संसद गएनन्
२०७६ असोज २५ गते चीनका राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमण गर्नुभयो । २०४३ चैतमा रोमानियाका कम्युनिष्ट राष्ट्रपति निकोला चाउसेस्कु पनि नेपाल आउनुभयो । १९७० जनवरीमा अमेरिकी उपराष्ट्रपति स्पिरो एग्न्यु नेपाल भ्रमण आउनुभयो । तर, उहाँहरुले भने सम्बोधन गर्नुभएन ।
प्रतिक्रिया