राजनीति

के थियो जबज, किन भएन कार्यान्वयन ? (भिडियो रिपोर्टसहित)

२०८० जेठ ३ गते २०:४५
के थियो जबज, किन भएन कार्यान्वयन ? (भिडियो रिपोर्टसहित)

३ जेठ २०८० काठमाडौं । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको जनताको बहुदलीय जनवाद जबजकै जगमा नेकपा एमाले देशको पहिलो पार्टी मात्रै बनेन पटक पटक सत्तामा पुग्न सफल भयो ।

जबजको विस्तार सत्ताका लागि मात्रै थिएन, जनताको जीवनस्तरको रुपान्तरणका लागि पनि थियो । तर उहाँको विचारलाई एमाले नेता र एमाले छाडेर नयाँ दल खोलेकाहरुले समेत सत्तामा पुग्ने भर्याङ मात्रै बनाएको आरोप लाग्ने गरेको छ । के हो जबज, किन भएन कार्यान्वयन ?

२०४९ माघ १४ देखि २० गतेसम्म चलेको नेपाल कम्युनिष्ट पार्टीको पाँचौ महाधिवेशनमा तत्कालीन महासचिव मदन भण्डारीले नेपाली क्रान्तिको कार्यक्रमको नाममा जनताको बहुदलीय जनवादको प्रस्ताव गर्नुभएको थियो । उक्त महाधिवेशनले पारित गरेको मदन भण्डारीको यो कार्यक्रमलाई तत्कालीन नेकपा र त्यसपछि बनेको नेकपा एमाले तथा नेकपा एमालेबाट विभिन्न कालखण्डमा टुक्रिएर बनेका नयाँ पार्टीहरुले पनि आफ्नो मार्गदर्शकका रुपमा स्वीकार गर्दै आएका छन् ।

माक्र्सवाद, विभिन्न कम्युनिष्ट दर्शन तथा विचारहरुलाई संश्लेषण गरी नेपाली माटो सुहाउँदो विचारका रुपमा विकास गरिएको जनताको बहुदलीय जनवादलाई तत्कालीन एमालेलगायतका पार्टीहरुले आफ्नो वैचारिक कार्यदिशाका रुपमा स्वीकार गर्दै गए । कम्युनिष्ट पार्टीको उदय हुँदाताकाको जस्तो विश्व परिवेश पनि नरहेको र नेपाल पनि विस्तारै विकासको गतिमा अघि बढेको सन्दर्भमा मध्यम वर्गीय मानिसलाई कम्युनिष्ट विचारमा जोड्न भण्डारीले यो कार्यक्रम तय गर्नुभएको थियो ।

मुलभूत रुपमा संविधानको सर्वोच्चता, बहुलवादी खुला समाज, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, शक्ति पृथकीकरणको सिद्धान्त, बहुमतको सरकार र अल्पतको प्रतिपक्ष जस्ता विश्वले स्वीकार गरेका कुरालाई समेटिएको जबजमा केही आधुनिक प्रस्तावहरु थिए जसले शासकलाई तानशाह स्वीकार गर्दैनथ्यो । पार्टीकै नेतृत्व र मुलुकको नेतृत्व प्रतिस्पर्धाबाट चुनिने कुरा र प्रजातन्त्रका आयामहरुलाई स्वीकार गर्ने कुरा जबजको मुलभूत आधार थियो ।

अहिले मुलतः नेपालका पार्टीहरु कुनै विचारभन्दा संविधानबाट नै चलेको परिवेश छ । केही पार्टीहरु, राजसंस्था, हिन्दुराज्य जस्ता मुद्दामा आफूलाई अगाडि सार्न खोजे पनि अधिकांशले संविधानकै प्रस्तावना र त्यसको मर्ममा आफूलाई राखेर प्रतिस्पर्धात्मक राजनीतिमै अगाडि बढाउँदै लगेका छन् । निर्वाचनमा भाग नलिने एकाध पार्टी बाहेकमा लोकतान्त्रिक चरित्र नै देखिन्छ ।

यद्यपि एमालेले मदन भण्डारीले प्रतिपादन गरेको विचारलाई आफ्नो मार्गदशक सिद्धान्त बनाउने भने पनि कतिपय प्रक्रियागत कुराहरु र भाँती पु¥याउन नसक्दा पार्टीभित्रैबाट चाँहि आलोचना हुने गरेको छ । त्यसो त जबजलाई आफ्नो मार्गदर्शक ठान्ने एमालेबाट फुटेको नेकपा एकीकृत समाजवादी र अन्य स–साना समूहमा पनि विरोधाभास सुन्ने गरिन्छ । जबजको मर्म लोकतन्त्र नै भए पनि जबजबारे टिप्पणी गरिरहनुको अन्तर्य यी पार्टीमा आफैभित्र लोकतन्त्र नभएको स्वीकारोक्ति हो ।

मदन भण्डारीको निधनपछि १५ वर्ष एमालेको नेतृत्व गर्नुभएका तत्कालीन महासचिव माधव नेपालले जबजको प्रचार धेरै नै गर्नुभएको थियो । तर पालना नगरेको आरोप खेपिरहनु भयो । त्यतिबेला अर्का नेता केपी शर्मा ओली नेपालको आलोचक बन्नुभयो । त्यसो त जबजका सन्दर्भमा नेतृत्वमा पुग्नेहरुको आलोचना नेतृत्वमा नपुग्नेले पालैपालो गरिरहेको देखिन्छ ।

एमाले छोडिसकेपछि एकीकृत समाजवादीभित्र जबजको चिन्ता थप बढेको देखिन्छ । अब नयाँ चरणको रुपान्तरणबाट देशलाई समाजवादी दिशामा रुपान्तरणका लागि जबज अपरिहार्य रहेको उनीहरु बताउँछन् ।

त्यसो त मनमोहन अधिकारी नेतृत्वको तत्कालीन एमाले सरकार जवजबाटै निर्देशित रहकै कारण नौ महिनामा पनि लोकप्रिय बनेको मान्नेहरु अहिले पनि छन् । जवज सत्तामा पुग्ने र नेताहरुको जीवनस्तर परिवर्तनको बाहेक मात्रै नभएर जनताको आवश्यकता पुरा गर्ने औचार बन्ने अवस्था बनेमा मात्रै जवजको मान्यताले सार्थकता पाउन सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्