राजनीति

सदनबाट नभए सडकबाट हिन्दूराष्ट्र कायर्म गराइछाड्ने अध्यक्ष लिङ्देनको दाबी

हिमालय टिभी
२०७९ चैत २१ गते १७:५५
सदनबाट नभए सडकबाट हिन्दूराष्ट्र कायर्म गराइछाड्ने अध्यक्ष लिङ्देनको दाबी

२१ चैत २०७९ रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाललाई सके सदनबाट नसके सडकबाट हिन्दूराष्ट्र कायम गराएरै छाड्ने दावी गर्नुभएको छ ।

बुटवलमा आयोजित विश्व हिन्दु महासंघ नेपालको महासभा तथा आठौं महाधिवेशन कार्यक्रमको उद्घाटनमा अध्यक्ष लिङदेनले दुई तिहाई बहुमत ल्याएर हिन्दुराष्ट्र कायम गर्ने बताउनुभएको हो ।

उहाँले बहुमत नआए जनताको साथ सहयोगमा काठमाडौं घेरेर भए पनि हिन्दुराष्ट्र कायम गराएरै छाड्ने दृढता ब्यक्त गर्नुभयो ।

राजनीतिबाटै नेपाललाई धर्मनिरपेक्षता घोषणा गरिएको बताउँदै उहाँँले राजनीतिबाटै नेपाललाई फेरि हिन्दूराष्ट्र कायम गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

धर्मनिरपेक्षता राज्य बनाउने प्रस्ताबक र समर्थकलाई भोट दिएर नेपालमा हिन्दुराष्ट्र कायम हुन नसक्ने भन्दै हिन्दूराष्ट्रको ओकालत गर्ने एक मात्र पार्टी राप्रपालाई साथ दिन उहाँले अपिल समेत गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्