राजनीति

उपनिर्वाचनका लागि रास्वपाले घोषणा गर्‍यो उम्मेदवार (भिडियो रिपोर्टसहित)

चितवन–२ मा लामिछाने, तनहुँ–१ मा वाग्ले र बारा–२ मा खरेल

हिमालय टिभी
२०७९ चैत १८ गते १६:५९
उपनिर्वाचनका लागि रास्वपाले घोषणा गर्‍यो उम्मेदवार (भिडियो रिपोर्टसहित)

१८ चैत २०७९ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणा गरेको छ ।

पार्टी कार्यालय बसुन्धारमा पत्रकार सम्मेलन गरी रास्वपाले चितवन २ मा अध्यक्ष रवि लामिछाने, तनहुँ १ मा स्वर्णिम वाग्ले र बारा २ मा रमेश खरेललाई उम्मेदवार बनाउने घोषणा गरेको हो ।

गत मंसिरको चुनावमा चितवन २ मा रवि लामिछाने नै निर्वाचित हुनु भएको थियो । तर नागरिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतले पद खारेज गरेपछि त्यहाँ उपचुनाव हुन लागेको हो ।

नेपाली कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि खाली रहेको तनहुँ १ मा रास्वपाले कांग्रेस छाडेका वाग्लेलाई उम्मेदवार बनाउने भएको हो । बारा २ मा उठ्न लागेका खरेल भने गत मंसिरको चुनावमा हाम्रो सुशासन पार्टीबाट काठमाडौं १ मा उम्मेदवार हुनु भएको थियो ।

काठमाडौं १ मा चौथो भएका खरेल अहिले पार्टी परिवर्तन गरेर बारा २ मा रास्वपाबाट उपचुनाव लड्न लाग्नुभएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्