Main News

नेपाल–चीन सचिवस्तरीय १५औँ बैठक चैत २४ गते बेइजिङमा बस्ने

हिमालय टिभी
२०७९ चैत १८ गते १३:१३
नेपाल–चीन सचिवस्तरीय १५औँ बैठक चैत २४ गते बेइजिङमा बस्ने

१८ चैत २०७९ काठमाडौं । नेपाल–चीन सचिवस्तरीय १५औँ कूटनीतिक संयन्त्रको बैठक चैत २४ गते बेइजिङमा हुने भएको छ ।

संयन्त्रको बैठकमा भागलिन नेपालकातर्फबाट परराष्ट्रमन्त्रालयका सचिव भरतराज पौड्याल वेइजिङ जाँदै हुनुहुन्छ । संयन्त्रमा चीनकातर्फबाट त्यहाँको विदेशमन्त्रालयका उपमन्त्री सुन वइदोङले गर्नुहुनेछ ।

यसपटक संयन्त्रको बैठकमा चीनको वेल्ट एण्ड रोड बीआरआइ परियोजना कार्यान्वनबारे छलफल हुने भएको छ । त्यस्तै आपसी हित र दुईदेशीय व्यापारबारे पनि छलफल हुने वेइजिङस्थित नेपाली राजदूतावासले जनाएको छ ।

बीआरआइ परियोजना सम्झौतामा नेपाल र चीनले ६ वर्षअघि हस्ताक्षर गरेका थिए । सन् २०१७ मेमै हस्ताक्षर भएपनि बीआरआइ अन्तर्गतका परियोजना कार्यान्वयनमा आएको छैन ।

सम्झौतामा तीन वर्षसम्म पनि बीआरआइ कार्यान्वयन नभए अर्को तीन वर्षका लागि स्वतः नविकरण हुने उल्लेख छ । तर, दुई पक्षमध्ये एकले तीन महिनाअघि सम्झौता खारेजीको प्रस्ताव गरे बीआरआइ रद्द हुने प्रावधान छ ।

बीआरआइ परियोजनामा सामेल हुन नेपालले ३५ वटा आयोजना प्रस्ताव गरेको थियो तर चीनले एक अंकमा झार्न भनेपछि नेपालले ९ वटा परियोजना पठाएको थियो । केरुङ–काठमाडौं रेल, कनेक्टिभिटी लगायतका आयोजना चीनको बिआरआइ अन्तर्गत राख्ने सहमति छ ।

कुन–कुन परियोजनामा कसरी लगानी हुनेबारे १५औँ कुटनीतिक संयन्त्रको बैठकमा छलफल हुने बताइएको छ । यसअघि संयन्त्रको १४औँ बैठक भर्चुअल माध्यामबाट भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *