राजनीति
एमालेले चाहे गठबन्धन केहीदिनमै भत्कन्छ : उपाध्यक्ष पौडेल (भिडियो रिपोर्टसहित)
२०७९ चैत १७ गते १७:१३

१७ चैत २०७९ काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमालेले चाहे केही दिनमै गठबन्धन भत्काउन सक्ने दाबी गर्नु भएको छ ।
प्रेस चौतारीले कैलालीमा गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष पौडेलले एमाले नयाँ गठबन्धन बनाउने धन्दामा नरहेको भन्दै भत्काउने महशुस गरे केही हप्ताको मात्रै खेल रहेको दाबी गर्नु भएको हो ।
उपाध्यक्ष पौडेलले पार्टीका नेता भीम रावलले एक पछि अर्को गल्ती गर्दै पार्टीलाई कमजोर बनाउने गतिविधि गरिरहेको आरोप समेत लगाउनुभयो ।
प्रतिक्रिया