Main News

उपनिर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन

हिमालय टिभी
२०७९ चैत १२ गते १३:०३
उपनिर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन

१२ चैत २०७९ काठमाडौं । वैशाख १० गते को उपनिर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन ।

निर्वाचन आयोगले दल दर्ताका लागि चैत ८ देखि आजसम्मको समय तोकेको थियो । चैत १६ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका छ।

यस्तै चैत १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, २० गते उम्मेदवारको मनोनयन दर्ता र २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिने छ ।

चितवन–२, बारा–२ र तनहुँ–१ मा उपनिर्वाचन हुँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित रवि लामिछानेले नागरिकतासम्बन्धी मुद्दामा सांसद पद गुमाएपछि चितवन( २ रिक्त भएको थियो ।

त्यस्तै रामसहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि बारा–२ र रामचन्द्र पौडेल राष्ट्रपति चुनिसँगै तनहुँ–१ मा उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *