तरकारीका नाममा नागरिकको भान्सामा विषादी (भिडियो रिपोर्टसहित)

२०७९ चैत ८ गते १६:४३
तरकारीका नाममा नागरिकको भान्सामा विषादी (भिडियो रिपोर्टसहित)

८ चैत २०७९ बाँके । कृषि मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार कुल आयातित विषादीको ८५ प्रतिशत तरकारीमा प्रयोग हुन्छ ।

सरकारले विषादी अवशेषको अधिकतम सीमा निर्धारण पनि गरेको छ । तर, जाँच्ने प्रविधि र जनशक्तिको अभावमा प्रभावकारी हुन सकेको छैन । जसले गर्दा स्वास्थ्यलाई प्रतिकुल असर पुर्‍याउने विषादी नागरिकको भान्सासम्म पुगिरहेको छ ।

बाँकेको नेपालगञ्जस्थित रानीतलाउ तरकारी बजारमा दैनिक कुनै न कुनै तरकारीमा अत्यधिक विषादी भेटिने गरेको छ ।

रानीतलाउ तरकारी बजारमा दैनिक ३० देखि ३५ टन तरकारी विक्रि हुने गरेको छ । जहाँ छिमेकका गाउँदेखि सल्यान, दैलेख, सुर्खेत, चितवन र भारतबाट समेत तरकारी भित्रिन्छन् । बजारमा विक्रि वितरणका लागि राखिएको तरकारीमा विषादीको मात्रा परीक्षण गर्न कृषि मन्त्रालयले कर्मचारी खटाएको छ ।

प्राविधिक, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला, नेपालगञ्ज, बाँके
प्रयोगशालामा एक जना प्राविधिक र एक जना कार्यालय सहयोगी मात्रै छन् । प्राविधिकले पसलबाट नमूना मगाएर प्रयोगशालामा परीक्षण गर्ने गरेका छन् ।

मापदण्डभन्दा बढी बिषादी भएको तरकारीलाई नियन्त्रणमा लिएर नष्ट गर्ने गरिएको छ । उत्पादन बढ्छ भन्ने आम बुझाईका कारण विषादीको प्रयोग बढिरहेको छ । जुन बुझाईलाई जनचेतनामार्फत चिर्न विज्ञको सुझाव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *