Main News

चितवन–२ सँगै तनहुँ–१ र बारा–२ मा पनि वैशाख १० गते उपनिर्वाचन हुने

हिमालय टिभी
२०७९ चैत ६ गते १६:४६
चितवन–२ सँगै तनहुँ–१ र बारा–२ मा पनि वैशाख १० गते उपनिर्वाचन हुने

६ चैत २०७९ काठमाडौं । निर्वाचन आयोगले तनहुँ र बारामा पनि वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।

आयोगको आज बसेको बैठकले चितवन २ सहित राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनपछि रिक्त रहेको तनहुँ १ र बारा २ मा पनि वैशाख १० मै निर्वाचन गर्ने निर्णय गरेको हो ।

चैत २० गते उम्मेदवारी दर्ता, २३ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची रहेको आयोगका सहप्रवक्ता सूर्यप्रयाद अर्यालले जानकारी दिनुभयो ।

तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि रिक्त भएको क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुन लागेको हो ।

नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको आदेशपछि चितवन २ बाट निर्वाचित रवि लामिछाने पदमुक्त भएपछि त्यो क्षेत्र रिक्त भएको थियो । आयोगले सबै क्षेत्रमा एकैपटक उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *