Main News

विश्वासको मत दिन सक्दैनौँः अध्यक्ष लिङ्देन

२०७९ चैत ६ गते १६:३६
विश्वासको मत दिन सक्दैनौँः अध्यक्ष लिङ्देन

६ चैत २०७९ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले प्रधानमन्त्रीलाई विश्वासको मत प्रदान गर्न नसकिने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका क्रममा उहाँले केही दिनअघि मात्र सरकारबाट अलग्एिको दल राप्रपाले अहिले नै विश्वासको मत दिने अवस्था भई नसकेको बताउनुभयो ।

अध्यक्ष लिङ्देनले भन्नुभयो, “विकास, सुशासन र सेवा प्रवाहमा एकाकार भएर काम गर्ने अठोट गरिएकामा सत्ता घटकलाई समेत जानकारी नदिइ बाटो फेर्नुभयो, प्रधानमन्त्रीजीलाई अर्काे यात्राका लागि शुभकामना छ ।”

उहाँले देशको अर्थतन्त्रको अवस्था बाहिर देखिएको जस्ता सजिलो नरहेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *