पाल्पाको पहिचान: घरका भान्सामा नछुट्ने बटुक र चुकाउनी बन्यो कमाईको माध्यम (भिडियो रिपोर्टसहित)

२०७९ फागुन २७ गते १८:०८
पाल्पाको पहिचान: घरका भान्सामा नछुट्ने बटुक र चुकाउनी बन्यो कमाईको माध्यम (भिडियो रिपोर्टसहित)

२७ फागुन २०७९ पाल्पा । पाल्पाको पहिचानको रुपमा विकसित हुँदै गएको बटुक र चुकाउनीको प्रयोग बढ्न थालेको छ । बिस्तारै गर्मी बढ्दो क्रममा रहेकाले चुकाउनीको प्रयोग बढ्न थालेको हो ।

आलु र दहीको मिश्रणबाट बन्ने चुकाउनी एक प्रकारको स्वादिलो अचार हो । यो परिकार अहिले पाल्पालीका लागि आम्दानीको स्रोत बनेको छ ।

विभिन्न जिल्ला त्यहाँको परिकारका कारण पनि प्रसिद्ध छन् । भक्तपुरको जुजु धौ होस् वा झापाको भक्का परिकारले पनि स्थानलाई चर्चित बनाएका छन् ।

पाल्पामा पनि चुकाउनी र बटुक त्यतिकै प्रसिद्ध छ । बुटवल पाल्पा सडक खण्डको झुम्साबाट बर्तुङग सम्मका साना टहरादेखि ठूला होटलसम्मका खाजामा चुकाउनी र बटुक अनिवार्य देखिन्छ । बटुक र चुकाउनीले पाल्पालाई प्रख्यात बनाएको छ ।

झुम्साबाट एक दुई वटा टहरा र होटलमा देखिने यो खाजा पाल्पाको गैडेखोलामा भने एकै समुदायका २२ घरपरिवारले भने आम्दानीको स्रोत बनाएका छन् ।

यात्रुलाई खाजा खुवाउनका लागि व्यापारी व्यस्त देखिन्छन् । यमकुमारी आले बिहानै ४ बजेदेखि साँझ ९ बजेसम्म टहरामै बस्नुहुन्छ । पूर्वदेखि पश्चिम यात्रा गर्ने यात्रुले रैथाने खाजालाई मनपराइदिँदा घरखर्च मात्र चलेको छैन वार्षिक तीनदेखि चार लाख आम्दानी हुने गरेको छ ।

सडकमा टहरा बनाएर व्यापार गरेका व्यापारीले वर्षेनी गाउँपालिका र नगरपालिकालाई कर बुझाउँदै आएका छन् । स्थानीय उत्पादन र रैथाने खाजाले पाल्पालाई चिनाउन सफल भएको त छँदै छ, स्वेदेशमै आम्दानीकको गतिलो स्रोत समेत बनेको छ । पाल्पाको स्थानीय सरकारले समेत जिल्लालाई प्रख्यात बनाउनका निम्ति समय समयमा खाना महोसव गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *