Main News

नेपालले बनायो अहिलेसम्मकै सर्वाधिक स्कोर, पपुवा न्युगिनीलाई २९८ रनको लक्ष्य

हिमालय टिभी
२०७९ फागुन २५ गते १३:३२
नेपालले बनायो अहिलेसम्मकै सर्वाधिक स्कोर, पपुवा न्युगिनीलाई २९८ रनको लक्ष्य

२५ फागुन २०७९ काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम सिरिजमा नेपालले अहिलेसम्मकै सर्वाधिक स्कोर बनाएको छ ।

पपुवा न्यूगिनीविरुद्धको खेलमा नेपालले दुई सय ९७ रन बनाउँदै कीर्तिमानी योगफल तयार पारेको हो । यसअघि एक दिवशीयमा नेपालले दुई सय ८७ रन कटाउन सकेको थिएन ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४९ ओभर एक बलमा सबै विकेट गुमाएर दुई सय ९७ रन बनायो ।

नेपालका ओपनर आशिफ शेखले एक सय १० रनको शतकीय पाली खेले । अर्का ओपनर कुशल भुर्तेलले ४५ तथा भीम सार्कीले ४४ रन जोडे । कप्तान रोहितकुमार पौडेलले पनि ३० रनको योगदान दिए ।

बलिङतर्फ सेमो कमिया एक्लैले पाँच विकेट लिए भने रिली हेकुरेको नाममा तीन विकेट रह्यो ।

आईसीसी विश्वकप लिग टूको अन्तिम सिरिजमा नेपाल पीएनजी र युएईले प्रतिष्पर्धा गर्दैछन् । अंक तालिकामा नेपाल ३२ अंकसहित पाँचौं, युएई ३१ अंकसहित छैटौं र पीएनजी नौ अंकसहित पुछारमा छ ।

यो सिरिजमा बाँकी रहेको चारवटै खेल जितेमा नेपालले सोझौ विश्वकप छनोटमा स्थान बनाउनेछ । एक दिवशीय मान्यतामा टिकिराख्न भने नेपालले दुईवटा खेल जिते पर्याप्त हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *