खेलकूद
नेपाल र पपुवा न्युगिनी भिड्दै
२०७९ फागुन २५ गते ९:१८

२५ फागुन २०७९ काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिज बिहीवारबाट शुरु हुँदैछ ।
त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली नेपाल र पपुवा न्युगिनीबीच प्रतिष्पर्धा हुँदैछ । खेल नेपाली समायानुसार त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा हुँदैछ ।
खेल बिहान साढे ९ बजेबाट शुरु हुनेछ । विश्वकप लिग टुको शीर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपाललाई बाँकी चार खेलमा शतबप्रतिशत जितको आवश्यक्ता छ ।
प्रतिक्रिया