Main News
वृद्धा दम्पतीको शव भेटियो
२०७९ फागुन २२ गते १७:११

२२ फागुन २०७९ ओखलढुंगा । ओखलढुङ्गामा एक वृद्ध दम्पतीको शव फेला परेको छ ।
जिल्लाको मोलुङ गाउँपालिका–२ लामिडाँडा निवासी ७० वर्षीय हेमप्रसाद दाहाल र उहाँकी श्रीमती ६९ वर्षकी बेदुका घर नजिकैका रुखमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरी प्रमुख निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो ।
सो घट्नाबारे थप अनुसन्धान भइरहेको निरीक्षक दासको भनाइ छ ।
प्रतिक्रिया