खेलकूद
विश्वकप लिग–२ क्रिकेटमा नेपाल र युएई भिड्दै
२०७९ फागुन १८ गते ९:१४
![विश्वकप लिग–२ क्रिकेटमा नेपाल र युएई भिड्दै](https://www.himalayatv.com/wp-content/uploads/2019/07/cricket.jpg)
१८ फागुन २०७९ काठमाडौं । युएईमा जारी रहेको आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजमा आज नेपालले घरेलु टोली युएईसँग प्रतिष्पर्धा गर्दैछ ।
यो सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टिमसँग खेल्न लागेको हो । नेपाल र युएईबीचको खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान पौने १२ बजे शुरु हुनेछ । यस सिरिजमा दुवै टोलीको यो दोस्रो खेल पनि हो ।
पहिलो खेलमा नेपालले पपुवान्युगिनीलाई पराजित गरेको थियो भने युएई पपुवान्युगिनीसँग ठूलो रन रेटले पराजित भएको थियो ।
प्रतिक्रिया