खेलकूद

विश्वकप लिग–२ क्रिकेटमा स्कटल्याण्ड विजयी, नामिबिया ४३ रनले पराजित

हिमालय टिभी
२०७९ फागुन ८ गते १७:३९
विश्वकप लिग–२ क्रिकेटमा स्कटल्याण्ड विजयी, नामिबिया ४३ रनले पराजित

८ फागुन २०७९ काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टूअन्तर्गत त्रिदेशीय सिरिजमा स्कटल्याण्डले नामिबियालाई ४३ रनले पराजित गरेको छ ।

स्कटल्याण्डले दिएको २ सय २२ रनको लक्ष्य पछ्याएको नामिबिया ३८ ओभर चार बलमा १ सय ७८ रनमा अलआउट भयो । नामिबियाका लागि लोहार्ड लोहारेन्सले ५२ रनको अर्धशतकीय ईनिङ खेले । कप्तान जेरार्ड इरास्मसले ४३ र जेन ग्रिनले २५ रन बनाए । स्कटल्याण्डका लागि मार्क वाटले ४, माईकल लिस्कले ३ र ब्राण्डन म्याकमुलानले २ विकेट लिए ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्ड ४८ दशमलब ४ ओभरमा २ सय २१ रन बनाउँदा अल आउट भयो । स्कटल्याण्डका लागि क्रिटोफर म्याकब्रिडले ४७ रन बनाए । टमस म्याकिन्टोसले ३४ र कप्तान रिचि बेरिङ्टनले ३२ बनाए । माईकल लिस्कले २९ रन बनाउँदा आजको खेलमा डेब्यु गरेका लियम नायलोर २० रन बनाएर आउट भए । म्याथ्यु क्रसले १६ रन बनाए ।

नामिबियाका लागि रुबेन ट्रम्पेलम्यानले ५ विकेट लिए । ट्याङ्गिनी लुङ्गिमिनीले २ विकेट लिए ।

नामिबियाले नेपाल सिरिजमा चारै खेल हारेको छ । सात टोली सहभागी विश्वकप लिग टू मा स्कटल्याण्ड ३५ खेलमा २४ मा जित र ९ मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा छ । सिरिज अन्तर्गत भोलि नेपाल र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्