विराटनगर विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्माणको तयारी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ फागुन ३ गते १८:२२
विराटनगर विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्माणको तयारी (भिडियो रिपोर्टसहित)

३ फागुन २०७९ विराटनगर । विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास गर्ने योजनासहित अत्याधुनिक टर्मिनल भवन निर्माणको तयारी थालिएको छ ।

संघीय सरकारको २ अर्ब ४२ करोड लागतमा तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको टर्मिनल भवनमा १८ सय यात्रु अट्नेछन् । विराटनगरको टर्मिनल भैरहवा र पोखराको अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनभन्दा ठूलो बन्नेछ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले शिलान्यास गर्नुभएको विराटनगर विमानस्थलको टर्मिनल भवन आन्तरिकतर्फ नेपालकै सबैभन्दा ठूलो बन्ने बताइएको छ । आन्तरिक विमानस्थल भएपनि क्रस वोर्डर उडान अवतरणको सम्भावनालाई समेत मध्यनजर गरेर टर्मिनल भवनको डिजाइन गरिएको छ ।

दुई अर्व ४२ करोड लागतमा तीन वर्षमा निर्माण सक्नेगरी केसी÷डाँफे जेभीले टर्मिनल भवन निर्माणको ठेक्का पाएको छ । १६ हजार २७७ वर्ग मिटरको टर्मिनल भवनमा पार्किङ, एक्सेस रोड ल्यान्ड स्केपिङलगायतका संरचना बनाइनेछ ।

विराटनगर विमानस्थल विस्तारका लागि टर्मिनल भवन कोसेढुंगा सावित हुने अपेक्षा गरिएको छ । शिलान्यास गर्दै मन्त्री सुदन किराँतीले ठेकेदार कम्पनीलाई समय र गुणस्तरमा ध्यान दिन सचेत गराउनुभयो ।

२०२५ सालमा बनेको टर्मिनल भवन पुरानो भइसकेकाले यात्रुलाई स्तरीय सेवा समेत दिन सकिरहेको थिएन । हाल दैनिक १४ वटा उडान हुँदै आएको विराटनगर विमानस्थलमा समयसँगै थप उडान हुनेछन् । त्यसैलाई मध्येनजर गर्दै बनाइन लागेको टर्मिनल भवन विस्तार गर्न लागिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *