खेलकूद

महिला ट्वेन्टी–ट्वेन्टी विश्वकपमा अष्ट्रेलियाको लगातार दोस्रो जित

हिमालय टिभी
२०७९ फागुन ३ गते ८:३१
महिला ट्वेन्टी–ट्वेन्टी विश्वकपमा अष्ट्रेलियाको लगातार दोस्रो जित

३ फागुन २०७९ काठमाडौं । महिला ट्वेन्टी–ट्वेन्टी विश्वकपमा अष्ट्रेलियाले लगातार दोस्रो जित निकालेको छ ।

समूह ए अन्तर्गत गएराति साविक विजेता अष्ट्रेलियाले बंगलादेशमाथि ८ विकेटको जित निकालेको हो । १०८ रनको लक्ष्य अष्ट्रेलियाले १० बल अगावै मात्र २ विकेट गुमाएर पूरा गरेको थियो ।

अष्ट्रेलियाकी कप्तान मेघ लानिङले अविजित ४८ रन जोडिन् । त्यस्तै अलेसा हेलीले ३७ रन बनाउँदा एस्ले गार्डनरले नटआउट १९ रन बनाइन् । बलिङमा बंगलादेशकी मरुफा अख्तर र स्वर्णा अख्तरले समान १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको बंगलादेशले निर्धारित ओभरमा ७ विकेटको नोक्सानीमा १०७ रन बनाएको थियो । बंगलादेशकी कप्तान निगर सुल्तानाले ५७ रन जोड्दा स्वर्णा अख्तर १२ रनमा आउट भइन् ।

बलिङतर्फ अष्ट्रेलियाकी जर्जिया वेरह्यामले ३ तथा डार्सिया ब्राउनले २ विकेट लिए । लगातार दोस्रो जितसहित अष्ट्रेलिया शीर्ष स्थानमा छ । आज भारत र वेष्ट इण्डिज तथा आयरल्याण्ड र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्