खेलकूद

कुशलले सतकीय पाली खेल्दा विश्वकप लिग टू क्रिकेटमा नेपालको ऐतिहासिक जित

हिमालय टिभी
२०७९ फागुन २ गते १७:०८
कुशलले सतकीय पाली खेल्दा विश्वकप लिग टू क्रिकेटमा नेपालको ऐतिहासिक जित

२ फागुन २०७९ काठमाडौं । ओपनर कुशल भुर्तेलले शतकीय पाली खेल्दा नेपालले आईसिसी लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजमा नामिबियालाई २ विकेटले हराएको छ ।

त्रिवि क्रिकेट मैदानमा आज सम्पन्न सिरिजको पहिलो खेलमा नामिबियामाथि २ विकेटको ऐतिहासिक जित निकाल्दै नेपालले महत्वपूर्ण २ अंक जोडेको हो । २ सय ८६ रनको मध्यम लक्ष्य नेपालले ४७ ओभर ४ बलमा ८ विकेट गुमाएर भेट्टायो । एक दिवसिय क्रिकेट इतिहासमा नेपालले पूरा गरेको यो सर्वाधिक ठूलो योगफल हो ।

नेपालको जितमा ओपनर कुशल भुर्तेलले १ सय १३ बलमा १० चौका र ४ छक्का सहित १ सय १५ रन बनायो । कुशल जितको लागि ३ रन बाँकी छँदा क्याच आउट भएका कुशलले ९९ बलमा आफ्नो एक दिवसिय करिअरको पहिलो शतक पूरा गरेका थिए ।

यससँगै उनी एक दिवसियमा ओपनरका रुपमा शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी समेत बने । समग्रमा भने नेपालका लागि शतक बनाउने उनी चौथो खेलाडी हुन् ।

यसअघि रोहित पौडेल, पारस खड्का र दीपेन्द्रसिंह ऐरीले एक दिवसियमा शतक बनाइसकेका छन् । ५३ रन बनाउँदा २ विकेट गुमाएको नेपालका लागि कुशल र कप्तान रोहित पौडेलले तेस्रो विकेटका लागि १ सय ३३ रनको विशाल साझेदारी गर्दै जितको आधार खडा गरे ।

रोहित ७६ बलमा ७ चौका र ३ छक्कासहित ७२ रनमा आउट भए । एक दिवसियमा नेपालको यो अहिलेसम्मको उच्च साझेदारी हो । नेपालको जितमा सन्दीप जोराले २८ र करण केसीले नटआउट २० रन बनाए ।

यसअघि टस हारेर ब्याटिङ गरेको नामिबिया निर्धारित ओभरमा २८५ रनमा अलआउट भयो । नामिबियाका माइकल भान लिंगेनले १३३ रनको शतकीय इनिंग्स खेले । त्यस्तै कप्तान जेरहार्ड इरासमुस ५६ तथा जेन ग्रिन ३४ रनमा आउट भए ।

नेपालका करण केसीले ५ विकेट लिन सफल भए । दश ओभरमा करणले १ ओभर मेडन फाल्दै ६१ रन खर्चिएर पाँच जनालाई आउट पारे । त्यस्तै संदीप लामिछानेले ३ विकेट लिए । जितसँगै नेपाल २५ खेलबाट २० अंकसहित छैटौं स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्