Main News

कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का हिमपातको सम्भावना

हिमालय टिभी
२०७९ माघ २७ गते ९:०२
कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का हिमपातको सम्भावना

२७ माघ २०७९ काठमाडौं । आज कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको सामान्य प्रभावले आज प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा घाम लाग्दै बादल लाग्ने मौसमविद्ले बताएका हुन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार राति भने प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *