Main News

कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

हिमालय टिभी
२०७९ माघ २१ गते ८:४७
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

२१ माघ २०७९ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ ।

आज बिहान ११ बजे पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बोलाइएको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुुभयो । बैठकमा राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन र राष्ट्रपति निर्वाचनको विषयमा छलफल हुने प्रवक्ता महतले जानकारी बताउनुभयो ।

राष्ट्रियसभामा रिक्त रहेको उपाध्यक्ष पदको निर्वाचन माघ २३ गते हुँदैछ । यस्तै निर्वाचन आयोगले फागुन २५ गतेका लागि राष्ट्रपति निर्वाचनको मिति घोषणा गरेको छ ।

दुई निर्वाचनका लागि प्रतिपक्षी दलहरू कसरी अघि बढ्ने भनेर कांग्रेसले तयारी गर्न बैठक बोलाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *