खेलकूद

प्रशिक्षणमा सन्दीप (भिडियो रिपोर्टसहित)

२०७९ माघ २० गते २०:५०
प्रशिक्षणमा सन्दीप  (भिडियो रिपोर्टसहित)

२० माघ २०७९ काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने आईसिसी विश्व क्रिकेट लिग टु सिरिजको तयारीमा जुटेका छन् ।

नेपाल क्रिकेट संघ क्यानले झण्डै ५ महिनापछि निलम्बन फुकुवा गरेपछि सन्दीप बन्द प्रशिक्षणमा सामेल भएका हुन् । अब बन्द प्रशिक्षणमा गरेको प्रदर्शनको आधारमा उनी टोलीको अन्तिम चरणमा छनोट हुने नहुने निर्धारण हुनेछ ।

बलात्कारको आरोपमा असोज २० गते पक्राउ परेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले पुस २८ गते धरौटीमा छोड्ने आदेश जारी गर्यो ।

बलात्कारको आरोपमा जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेसँगै क्यानले भदौ २३ गते नै सन्दीपलाई निलम्बन गरेको थियो । तर माघ १७ गते पोखरामा बसेको क्यान बोर्ड बैठकले निलम्बन फुकुवा गर्दै मैदानमा आउन बाटो खोल्यो । क्यानको निर्णयको चौतर्फी आलोचनाका बाबजुद सन्दीप अहिले प्रशिक्षणमा फर्किएका छन् ।

झण्डै ५ महिना पछि मैदानमा ब्याट र बल सहित देखिएका सन्दीप पहिलेजस्तो खुल्न भने सकेनन् । शारीरिक हाउभाउबाट पनि उनी केहि असहज देखिन्छन् । फागुन २ गतेदेखी घरेलु मैदानमा हुने लिग टु सिरिजका लागि गत शुक्रबार क्यानले निकालेको प्रारम्भिक चरणको सुचीमा सन्दीप थिएनन् ।

पहिलो चरणको बन्द प्रशिक्षणबाट अनुभवी खेलाडीहरु शरद भेषावकर, सिद्धान्त लोहनी सहित १० खेलाडीलाई बाहिर राख्दै क्यानले बिहिबार दोस्रो चरणको बन्द प्रशिक्षण बोलायो । जसमा सन्दीप सहित तीव्र गतिका बलर प्रतिश जि सीलाई समावेश गरेको छ । बन्द प्रशिक्षणमा गरेको प्रदर्शनको आधारमा मात्र सन्दीप अर्को चरणका लागि छनोट हुनेछन् । उनलाई प्रशिक्षक देशाई, ट्रेनर अब्दुुल सत्तार र फिजियो विक्रम न्यौपानेले निगरानीमा राख्ने र ३ मध्ये २ जनालेमात्र योग्य मानेको खण्डमा मात्र उनी टोलीमा पर्नेछन् ।

सन्दीप बन्द प्रशिक्षणमा जोडिएकै दिन शुक्रबार सर्वोच्च अदालतले कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ । न्यायाधिक हरिप्रसाद फुयालको एकल इजलासले काठमाडौं जिल्ला अदालतमा सन्दीपविरुद्ध दर्ता मुद्दा र धरौटीमा रिहा गर्ने उच्च अदालतको आदेशसहितका कागजात झिकाउनमा आदेश दिएको हो । यस्तो अवस्थामा सन्दीपले राष्ट्रिय टोलीबाट खेल्न पाउनेमा अहिलेनै यकिन भन्न सकिने अवस्था छैन् ।

मुद्दाको टुङ्गो नलाग्दै सन्दीपलाई टोलीमा राख्न क्यान हतारिनुको अर्को कारण लिग टु मा नेपालको अवस्था मान्न सकिन्छ । भारतमा हुने एक दिवसिय विश्वकप र एक दिवसिय राष्ट्रको मान्यता जोगाई राख्न नेपाललाई अबको खेल निर्णायक बन्ने छ । लिग टु मा अब नेपालले ३ सिरिज खेल्न बाँकी छ । जसमा २ सिरिज घरेलु मैदानमै र १ सिरिज युएईमा खेल्ने तालिका छ । यस्तोमा सन्दीपले घरेलु मैदानमा हुने सिरिजमात्र खेल्न पाउने छन् । विदेश जान लगाईएको रोकका कारण युएईमा हुने सिरिज भने उनले खेल्न पाउने छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्