Main News

पश्चिमी वायुको प्रभावले आंशिक बदलीको सम्भावना

हिमालय टिभी
२०७९ माघ १९ गते ९:०१
पश्चिमी वायुको प्रभावले आंशिक बदलीको सम्भावना

१९ माघ २०७९ काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तराईका केही भू–भागहरूमा हल्का हुस्सु लागेको छ तर देशभर वर्षा र हिमपातको सम्भावना भने नरहेको महाशाखाको अनुमान छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती प्रदेश एक, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । भोलि देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

शनिबार पनि प्रदेश नं. १ र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागहरूमा पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *