Main News
तराईका विभिन्न भागमा हुस्सु र कुहिरोको सम्भावना
२०७९ माघ १८ गते ९:०५

१८ माघ २०७९ काठमाडौं । केही दिनदेखि रहेको पश्चिमी वायुको प्रभावले तराईका विभिन्न भागमा हुस्सु र कुहिरो लागेको छ ।
दिउँसो प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी भागमा आंशिक बदली भई हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ । यस्तै राति पनि प्रदेश १, बागमती, गण्डकीमा हल्का हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागले अब तापक्रम क्रमशः बढ्दै जाने बताएको छ ।
हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सावधानी तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
प्रतिक्रिया