Main News

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

हिमालय टिभी
२०७९ माघ १६ गते ९:०३
सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

१६ माघ २०७९ काठमाडौं । सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । आगामी २४ घण्टाभित्र उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् ।

तराईका केही स्थानहरूमा बिहानीपख हुस्सु, कुहिरो लागिरहेको छ । यस कारण दैनिक जीवन, स्वास्थ्य, सडक तथा हवाई क्षेत्रमा सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन मौसमविद्ले अनुरोध गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *