Main News

नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक ४ घण्टा बन्द, वैकल्पिक बाटोको प्रयोग गर्न सुझाव

हिमालय टिभी
२०७९ माघ ८ गते ८:५८
नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक ४ घण्टा बन्द, वैकल्पिक बाटोको प्रयोग गर्न सुझाव

८ माघ २०७९ चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक ४ घण्टा बन्द भएसँगै सकेसम्म वैकल्पिक बाटोको प्रयोग गर्नुपर्ने देखिएको छ ।

काठमाडाँैं उपत्यका भित्रने र बाहिरिने मुख्य सडकखण्डको रुपमा रहेको यो सडकमा पुल निर्माणका लागि पहाड काट्नुपर्ने भएकाले दैनिक दिउँसो १२ देखि ४ बजेसम्म बन्द गर्न थालिएको हो । ४ घण्टा अत्यावश्यक बाहेकका सवारी साधनलाई चल्न नदिने भएकाले सकेसम्म वैकल्पिक बाटो प्रयोग गर्न नारायणगढ मुग्लिन सडक योजना कार्यालयले अनुरोध गरेको छ ।

कार्यालयका प्रमुख किरण कार्कीले अबको एक महिनासम्म दैनिक ४ घण्टा बाटो बन्द गरेर काम हुने जानकारी दिनुभयो । सडक आवागमन बन्द गरेर निर्माण गर्दा काम प्रभावकारी भएको भन्दै बाँकी काम पनि छिटो सक्काउन पुनः सडक बन्द गरी निर्माण थालिएको उहाँको भनाइ छ । हाल चार स्थाानमा पुल निर्माणको काम भइरहेको छ ।

सिमलताल पुल र कालीखोला पुल निर्माण गरिने स्थानमा पहाड काटेर सकिएको छ भने तुइनखोला पुल र चिसेन्जीखोला पुल निर्माण गरिने ठाउँमा पहाड काट्ने काम अझै बाँकी रहेको नारायणगढ मुग्लिन सडक योजना कार्यालयका प्रमुख किरण कार्कीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *