राजनीति

न्युजिल्याण्डकी प्रधानमन्त्रीबाट नेपाली नेताहरुले के सिक्ने ? (भिडियो रिपोर्टसहित)

२०७९ माघ ६ गते १६:२९
न्युजिल्याण्डकी प्रधानमन्त्रीबाट नेपाली नेताहरुले के सिक्ने ? (भिडियो रिपोर्टसहित)

६ माघ २०७९ काठमाडौं । ४२ वर्षीय न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डेन प्रधानमन्त्री र पार्टीको नेताबाट राजिनामा दिने घोषणा गर्नुभयो।

अर्को निर्वाचनमा प्रधानमन्त्री हुने लगभग निश्चित भए पनि उहाँले आफूले देशलाई दिन अब केहि बाँकी नरहेको भन्दै राजिनामा दिने घोषणा गर्नुभएको हो । अहिले चौतर्फी उहाँको तारिफ भइरहेको छ । यता नेपालका नेता भने बाँचुनजेल आफैँ पार्टी र सत्तामा टाँसिरहने प्रवृत्तिका छन् ।

२०१७ अक्टोबर २० मा न्युजिल्याण्डको ४०औँ प्रधानमन्त्री बनेकी आर्डेनले ‘योगदान गर्न विशेष केही बाँकी नरहेकाले’ पदबाट राजिनामा दिएको घोषणा गर्नुभयो । ३७ वर्षको उमेरमा विश्वकै कान्छी महिला प्रधानमन्त्री बनेकी आर्डेन अहिले साढे ४२ वर्षकी हुनुभयो ।

न्युजिल्याण्डमा आर्डेनले उमेर छँदै प्रधानमन्त्री पद र नेतृत्व छाड्दै गर्दा वाहावाहै बटुलिरहनुभएको छ तर नेपालमा भने अवस्था ठिक विपरित छ । नेपालका नेताहरु बाँचुनजेल आफैँ पार्टी र सरकारमा रहिरहनुपर्छ भन्ने ठान्छन् ।

पार्टी र सरकारमा पनि दशकौंदेखि राज गरिरहेका छन् । हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईसहित शीर्षस्त नेताहरु अझै पनि पार्टी र सरकारको लोभमा छन् ।

यति मात्रै होइन तराईलाई आधारभूमि बनाएर राजनीति गरिरहेका उपेन्द्र यादव, महन्थ ठाकुर अनि पुस्तान्तरणको धुनी पिटिरहेका गगन थापा पनि आर्डेनभन्दा पाका छन् । धेरै पटक सांसद र सत्तामा पनि पुगेका छन् । आउनुस् नेपालका केहि प्रमुख नेता र उनिहरु कति वर्ष पुगे, कति पटक सरकार प्रमुख र पार्टी प्रमुख बने हेरौं ।

पुष्पकमल दाहाल प्रचण्ड
जन्म : वि।सं २०१२ मंसिर २६ गते
उमेर : ६७ वर्ष
पहिलो पटक प्रधानमन्त्री : वि.सं २०६५
प्रधानमन्त्री कार्यकाल : ३ पटक
पार्टी प्रमुख : ३४ वर्ष
पार्टी : नेकपा माओवादी केन्द्र

केपी शर्मा ओली
जन्म : वि.सं २००८ फागुन ११ गते
उमेर : ७० वर्ष १० महिना
पहिलो पटक प्रधानमन्त्री : वि.सं २०७२
प्रधानमन्त्री कार्यकाल : २ पटक
पार्टी प्रमुख : साढे ८ वर्ष
पार्टी : नेकपा एमाले

शेरबहादुर देउवा
जन्म : वि.सं २००२ जेठ ३१ गते
उमेर : ७७ वर्ष ७ महिना
पहिलो पटक प्रधानमन्त्री : वि.सं २०५२
प्रधानमन्त्री कार्यकाल : ५ पटक
पार्टी प्रमुख : ७ वर्ष
पार्टी : नेपाली कांग्रेस

माधवकुमार नेपाल
जन्म : वि.सं २००९ फागुन २३ गते
उमेर : ७० वर्ष
पहिलो पटक प्रधानमन्त्री : वि.सं २०६६
प्रधानमन्त्री कार्यकाल : १ पटक
पार्टी प्रमुख : साढे ६ वर्ष
पार्टी : नेकपा एकीकृत समाजवादी

रामचन्द्र पौडेल
जन्म : वि.सं २००१ असोज ३० गते
उमेर : ७८ वर्ष ३ महिना
सभामुखरउपप्रधानमन्त्रीरमन्त्री : पटक–पटक
पार्टी : नेपाली कांग्रेस

गगनकुमार थापा
जन्म : वि.सं २०३३ साउन ४ गते
उमेर : साढे ४६ वर्ष
मन्त्री : १ पटक
पार्टी : नेपाली कांग्रेस

डा. बाबुराम भट्टराई
जन्म : वि.सं २०११ असार ४ गते
उमेर : साढे ६८ वर्ष ७ महिना
पहिलो पटक प्रधानमन्त्री : वि.सं २०६८
प्रधानमन्त्री कार्यकाल : १ पटक
पार्टी : नेपाल समाजवादी

उपेन्द्र यादव
जन्म : वि.सं २०१७ पुस २५ गते
उमेर : ६२ वर्ष
उपप्रधानमन्त्रीरमन्त्री : पटक–पटक
पार्टी प्रमुख : १५ वर्ष
पार्टी : जनता समाजवादी

महन्थ ठाकुर
जन्म : वि.सं १९९९ वैशाख २४ गते
उमेर : ८० वर्ष १० महिना
मन्त्री : पटक–पटक
पार्टी : प्रमुख साढे ६ वर्ष
पार्टी : लोकतान्त्रिक समाजवादी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्