Main News

प्रदेश १ ले आज उपसभामुख पाउने

हिमालय टिभी
२०७९ पुष ३० गते ८:५९
प्रदेश १ ले आज उपसभामुख पाउने

३० पुस २०७९ विराटनगर । प्रदेश १ मा आज उपसभामुखको निर्वाचन हुँदैछ ।

यसका लागि बिहान ११ बजेपछि प्रदेशसभा बैठक बस्दैछ । प्रदेशसभा नियमावली २०७४ अनुसार सभामुख र उपसभामुखको निर्वाचन छुट्टाछुट्टै हुन्छ । पहिले सभामुखको निर्वाचन भएपछि मात्रै उपसभामुखको निर्वाचन हुने व्यवस्था छ ।

सत्ता गठबन्धनमा भएको भागबन्डाअनुसार प्रदेश १ को उपसभामुख एमालेको भागमा परेको छ । सभामुखमा माओवादी केन्द्रका बाबुराम गौतम निर्विरोध निर्वाचित भइसक्नुभएको छ । एमालेबाट उपसभामुखमा उदयपुरका समानुपातिक सांसद ४६ वर्षका सिर्जना दनुवारले उम्मेदवारी दिनुभएको छ ।

प्रतिपक्षी दल कांग्रेसले पनि उदयपुरकै समानुपातिक सांसद ६२ वर्षका लिलाकुमारी राईलाई उम्मेदवार बनाएको छ । संविधानको धारा १८२ को उपधारा (१) मा प्रदेशसभाको पहिलो बैठक सुरु भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यहरूले प्रदेश उपसभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था छ ।

संविधानको धारा १८२ को उपधारा (२) मा उपधारा (१) बमोजिम निर्वाचन गर्दा प्रदेश सभामुख वा प्रदेश उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने छ र प्रदेशसभामुख वा प्रदेश उपसभामुख फरक–फरक दलको प्रतिनिधि हुनुपर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *