बाँकेमा दादुरा संक्रमित बालबालिकाको संख्या ११० पुग्यो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ पुष २७ गते १८:१९
बाँकेमा दादुरा संक्रमित बालबालिकाको संख्या ११० पुग्यो (भिडियो रिपोर्टसहित)

२७ पुस २०७९ बाँके । बाँकेमा दादुरा महामारीबाट संक्रमित हुने बालबालिकाको संख्या १ सय १० पुगेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकामा १ सय ८ र खजुरामा दुई जना गरी दादुरा संक्रमितको संख्या १ सय १० पुगेको हो । संक्रमित मध्ये दुई जनाको अवस्था गम्भीर छ ।

दुवै जनाको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ । दादुराको खोप ९ महिना र १५ महिनामा लगाउने गरिएको भएपनि नेपालगञ्जमा ६ महिनाको बालबालिकामा पनि संक्रमण देखिएको छ ।

संक्रमण फैलिएको उपमहानगरपालिकाका तीनवटा वडामा खोप अभियानलाई तीव्रता दिइएको छ । २३ वटै वडामा सञ्चालन गरिएको अभियान अनुसार अहिलेसम्म ३ हजार ९ सय ३२ जनाले खोप लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *