मुलुकको शान्ति सुरक्षामा खटिने प्रहरीको बसाई नै असुरक्षित (भिडियो रिपोर्टसहित)

२०७९ पुष १८ गते १७:०१
मुलुकको शान्ति सुरक्षामा खटिने प्रहरीको बसाई नै असुरक्षित (भिडियो रिपोर्टसहित)

१८ पुस २०७९ कैलाली । मुलुकको शान्ति सुरक्षामा खटिने प्रहरीको बसाई भने कहिल्यै व्यवस्थित हुन सकेन । अहिले पनि प्रहरी कार्यालय कतै खाद्य संस्थाको भवन त कतै फुसले छाएको छाप्रोमा छ ।

वर्षायाममा बाढीले कार्यालय नै बगाउने सम्भावना छ भने पहाडमा पहिरोको चपेटामा परिरहन्छ । कतिपय स्थानमा नयाँ कार्यालय बनाउन जग हालिएको छ । तर, काम सुरु भएको छैन । यस्तै, दयनीय अवस्थामा कैलालीको इलाका प्रहरी कार्यालय सुखडले कामकारवाही गर्दै आएको छ ।

यो कैलालीस्थित इलाका प्रहरी कार्यालय सुखड हो । तर, के यो दृश्य देख्दा तपाईलाई प्रहरी कार्यालय जस्तो लाग्छ त रु तर, दुःखका साथ भन्नुपर्छ यो प्रहरी कार्यालय नै हो । यही कार्यालयमा प्रहरी सुत्छन् ।

वर्षामा छत चुहिने हुँदा बाल्टी थाप्छन् । भवनका झ्यालका जाली खिया लागेर प्वाल परेका छन् । ढोका नभएर प्लास्टिक ठोकिएको छ । पटकपटक जीर्ण प्रहरी कार्यालयबाट सेवा दिन नसक्ने कुरा प्रदेश र केन्द्र सरकारलाई जानकारी गराइएको छ । तर, कुनै पनि निकायबाट सुनुवाइ नभएपछि अहिले बाध्यताले नै प्रहरी यहीँ बसिरहेका छन् ।

यो भवन २०५२ सालमा निर्माण भएको थियो । यही भवनबाट कार्यालयको काम हुन्छ भने कैदी राख्ने ठाउँ पनि यहीँ छ । भवनका काठ पनि कुहिएर झर्न थालेका छन् । यो प्रहरीको खाना खाने मेस हो ।  ।

पुरानो भएको भान्साघरको टिन छियाछिया छ । पानी पर्न थालेपछि कहाँ पकाएर खाने भन्ने चिन्ता हुन्छ । ठूलो पानी पर्दा कार्यालयभित्रै पानी पस्छ । धेरैपटक प्रहरी नै कार्यालय छोडेर होटलमा गएर सुत्नुपरेको छ ।

गत आर्थिक वर्षमा प्रदेश सरकारले प्रहरी कार्यालयको भवन बनाउन ६० लाख बजेट छुट्याएका थिए । तर, अहिलेसम्म भवन बनाउन ठेक्का समेत दिइएन ।

बजेट फ्रिज हुन पुग्यो । प्रहरीले भोग्दै आएको दुःखलाई नजिकबाट बुझेका रवि लामिछाने गृह मन्त्रालयमा छन् । गृहले यो नाजुक अवस्थाको अन्त्य गर्ने विश्वास प्रहरीले गरेका छन् । तर, त्यतिन्झेलसम्म भने उनीहरू यही जीर्ण भवनमा बस्न बाध्य छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *