Main News

संघीयता कार्यान्वयनमा चुनौती रहेको मुख्यमन्त्री राउतको टिप्पणी

हिमालय टिभी
२०७९ पुष १८ गते १६:२८
संघीयता कार्यान्वयनमा चुनौती रहेको मुख्यमन्त्री राउतको टिप्पणी

१८ पुस २०७९ जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले अझै पनि संघीयता कार्यान्वयनमा चुनौती रहेको टिप्पणी गर्नुभएको छ ।

प्रदेशसभाको आज बसेको पहिलो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले संघीयता कार्यान्वयन गर्न मधेस प्रदेशलाई अझ बढी चुनौती रहेको बताउनुभएको हो ।

नयाँ सरकारलाई प्रदेश प्रहरी भर्ना गर्न चुनौती हुने बताउँदै उहाँले सबै दल एकमत भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । प्रहरी समायोजनको काम अन्तिम चरणमा पुगेकोले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको समन्वयमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

मुलुकमा मधेस प्रदेशले मात्र संघीयता टिकाएको दाबी गर्दै मुख्यमन्त्री राउतले प्रदेश सांसद एकताबद्ध भएर अगाडि बढे मात्रै संघीयता कार्यान्वयन हुने उहाँको तर्क थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *