Main News
जसपाको राजनीतिक समितिको बैठक बस्दै
२०७९ पुष १८ गते ९:००

१८ पुस २०७९ काठमाडौं । सरकारमा जाने कि नजाने भन्ने बारेमा छलफल गर्न जनता समाजवार्दी पार्टी (जसपा) को राजनीतिक समितिको बैठक आज बस्दैछ ।
आज सुरु हुने बैठक भोलिसम्म चल्ने प्रवक्ता मनिस सुमनले जानकारी दिनुभयो ।
उहाँका अनुसार सरकारमा सहभागी हुने या नहुने भन्ने बारेमा समितिले निर्णय लिनेछ ।
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन जसपा सहमत भए पनि सरकारका बारेमा कुनै धारणा बनाएको छैन ।
प्रतिक्रिया