Main News

सरकारमा सहभागिताको विषयमा नेकपा एसले आज निर्णय गर्ने

हिमालय टिभी
२०७९ पुष १७ गते ९:१३
सरकारमा सहभागिताको विषयमा नेकपा एसले आज निर्णय गर्ने

१७ पुस २०७९ काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागिताको विषयमा आज निर्णय गर्ने भएको छ ।

हिजोबाट शुरु भएको स्थायी कमिटीको बैठकमा सरकारमा सहभागी हुने नहुने विषयमा छलफल भए पनि आजसम्ममा औपचारिक निर्णय गर्ने सहमति भएको छ । त्यसका लागि आज फेरि बैठक बस्नेछ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा हिजो बसेको स्थायी समिति बैठकमा केही नेताले धारणा राख्न बाँकी रहेकाले आज पनि बैठक बस्न लागेको नेकपा एसका केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

उहाँका अनुसार हिजो १८ जना नेताले आफ्नो धारणा राखेका थिए । वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण, आगामी दिनका लागि रणनीति तथा सङ्गठन निर्माणका कार्ययोजना, वामपन्थी एकतासँग सम्बन्धित विषयमा विभिन्न कोणबाट छलफल गरिएको थियो ।

कांग्रेसको नेतृत्वमा रहेको गठबन्धन भत्किएपछि नेकपा एमाले र नकपा माओवादी केन्द्रसहितका दलहरूको नयाँ गठबन्धन निर्माण भएको छ ।

सत्ता गठबन्धनले एकीकृत समाजवादीलाई ३ मन्त्रालय दिने प्रस्ताव गरेको छ । राष्ट्रपतिसमेत प्रस्ताव गरेको चर्चा भइरहँदा खतिवडाले भने नेकपा एस तत्काल सरकारमा नजाने बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *