धनकुटाको एउटा यस्तो गाउँ, जहाँ तराईबाट बसाइँ सरेर मान्छे आउँछन् (भिडियो रिपोर्टसहित)

२०७९ पुष १३ गते १८:०७
धनकुटाको एउटा यस्तो गाउँ, जहाँ तराईबाट बसाइँ सरेर मान्छे आउँछन्  (भिडियो रिपोर्टसहित)

१३ पुस २०७९ धनकुटा । तपाईले हिमाली र पहाडी जिल्लाबाट बसाइँसराइ हुने क्रम बढेको समाचार धेरै सुन्नुभयो होला । तर, के पहाडमा नै मानिस बसाइँसराइ गर्दै पुग्ने गरेका छन् भन्ने समाचार सुन्नुभएको छ ?

हो, धनकुटाको छथरजोरपाटी गाउँपालिकाको अनौठो अभियानले अहिले पहाडबाट अन्यत्र होइन पहाडतिर मानिस बसाइँ सर्न थालेका छन् ।

बसाइँसराइ प्रक्रिया मानव सभ्यताको शुरुदेखि नै चलिआएको छ । बसाइँ–सराइ दृष्टिबाट तुलनात्मक रुपमा कम विकसित र आर्थिक स्थितिले कमजोर हिमाली र पहाडी भेगहरु विकर्षण केन्द्रको रुपमा देखापरेका छन् ।

विकासोन्मुख र आर्थिक स्थितिले ती भन्दा सम्पन्न देखिने तराई आकर्षणको केन्द्रको रुपमा छन् । पहाडमा बसोबास गर्दै आएका मानिस तराई र सहर बजारमा बसाइँसराइ गर्ने क्रम चलिरहँदा धनकुटाको छथरजोरपाटी गाउँपालिका भने फरक छ । यहाँ पछिल्लो तीन वर्षमा ३६ परिवार बसाइँसराइ गरेर आएका छन् ।

यसरी उपहार पाएपछि बसाइँ सरेर आएका घरपरिवार खुसी छन् । कतिपय घरपरिवारले दुध विक्री समेत गर्न थालिसकेका छन् ।

दुहुनो गाई उपहार कार्यक्रमले बसाइँसराइ गरी तराई मधेश लगायत अन्य क्षेत्रमा जाने क्रममा कम गरेको छ । गाँउपालिकाले आर्थिक वर्ष २०७७।७८ र २०७८।८९ मा १०, १० वटा र २०७९।८० मा १६ वटा गाइ वितरण गरेको छ ।

उनीहरूलाई दुहुनो गार्ई खरिद गर्न प्रति परिवार अधिकतम ६१ हजार अनुदान स्वरुप उपलब्ध गराइएको छ । अहिले बसाइँसराइ गरेर छथरजोरपाटी आउन चाहनेको संख्या पनि बढिरहेको छ ।

बसाइ सरी आउने परिवारले गाउँपालिमा निवेदन, बसाइँसराइ दर्ता प्रमाण पत्रको प्रतिलिपि, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, नागरिकता प्रमाणित प्रतिलिपि, सम्वन्धित वडा कार्यालयको सिफारिस पत्र लगायत कागजात गाउँपालिकाको पशुपंक्षी शाखामा पेश गर्नु पर्छ ।

गाउँपालिकाले स्थलगत रुपमा अनुगमन गर्नेछ । सबै कागजपत्र ठीक भएको अवस्थामा दुहुनो गाई प्रदान गर्दछ । , बसाइँ सरेर आएर कम्तीमा तीन महिना बसोवास गरेपछि मात्रै दुहुनो गाई उपहारका लागि योग्य हुने व्यवस्था गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *