Main News

नेकपा माओवादी केन्द्रले आज संसदीय दलको नेता चयन गर्दै

हिमालय टिभी
२०७९ पुष ७ गते ८:५१
नेकपा माओवादी केन्द्रले आज संसदीय दलको नेता चयन गर्दै

७ पुस २०७९ काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय बैठक आज दिउँसो ४ बजे बस्ने भएको छ ।

प्रतिनिधि सभामा निर्वाचित सांसदहरूको शपथ ग्रहणपछि माओवादीको बैठक बस्ने भएको हो । बैठकले संसदीय दलको नेता चयन गर्नेछ । दलको नेतामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चयन हुने निश्चित छ ।

माओवादीले संसदीय दलको नेता चयन गरेसँगै आज बेलुकाबाट नै सरकार गठनका लागि छलफल सुरु गर्ने तयारी छ । सरकार गठनका लागि यही पुस १० गते बेलुका ५ बजेसम्म प्रधानमन्त्रीको दाबी पेस गर्नुपर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *