काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेमाथि गम्भीर आरोप लागेपछि…(भिडियो रिपोर्टसहित)

६ पुस २०७९ काठमाडौं । काठमाडौं महानगर पालिकाको प्रहरी बलको नेतृत्व गरिरहेका राजुनाथ पाण्डेमाथि मातहतकै कर्मचारीले गंभीर आरोप लगाएका छन् ।
बलको नेतृत्वले तल्ला तहका कर्मचारीको समस्या नबुझेको, अपमानजनक ढंगले व्यवहार गरेको र बिरामी पर्दा समेत मानवीय व्यवहार नदेखाएको आरोप लागेपछि संगठननै बदनाम हुने अवस्थामा पुगेको हो ।
काठमाडौं महानगरपालिकाको नेतृत्वमा बालेन्द्र शाह आएपछि अग्रपंत्तिमा रहेर विभिन्न अभियान सञ्चालन गरिरहेको महानगर प्रहरी बल विवादमा तानिएको छ ।
महानगरप्रमुख शाहले नै नेतृत्वमा ल्याएका प्रहरी बल प्रमुख राजुनाथ पाण्डेविरुद्ध सई लोकनाथ चुडालले गम्भीर आरोप लगाउँदै राजीनामा नै दिनु भएको छ । चुडालले प्रहरी बलको नेतृत्व गरिरहेका पाण्डेले तल्लो दर्जाका कर्मचारीहरुलाई अमानवीय व्यवहार गरेको, अपशब्द प्रयोग गर्ने र धम्काउने गरेको गम्भीर आरोप लगानु भएको हो ।
चुडालले महानगरप्रहरीमा पाँच जना एसपी रहेको र एक आपसमा बोलचाल नरहेको, आफू खुसी काम गर्ने गरेको आरोप पनि लगाउनु भएको छ ।
काठमाडौं महानगरमा अतिक्रमित संरचना हटाउने, फुटपाथ व्यवस्थित गर्ने क्रममा दिनरात नभनी काम गर्दा पनि तल्लो तहका कर्मचारीलाई कुनै जस नदिएको बरु नेतृत्वले सिंग्घम शैली देखाउने गरेको चुडालको आरोप छ । तर प्रमुख पाण्डेले ले भने आरोपलाई अस्वीकार गर्दै प्रमाणित गर्न चुनौती दिनु भयो ।
प्रहरी प्रमुख पाण्डेलाई मातहतका कर्मचारीले नै गम्भीर आरोप लगाएपछि महानगर प्रहरी बल भित्र हुने छिचोमिचो बाहिर आएको हो । प्रहरी बलको नेतृत्व माथि नै प्रश्न उठेपछि महानगरपालिका नेतृत्वमाथि छानबिन गर्नुपर्ने र दोषी उपर कारबाही गर्नुपर्ने नैतिक जिम्मेवारी आइलागेको छ ।
प्रतिक्रिया