Main News

नेता नेपाल अस्पताल भर्ना

२०७९ पुष ५ गते २१:४१
नेता नेपाल अस्पताल भर्ना

५ पुस २०७९ काठमाडौं । नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अस्वस्थ भएपछि अस्पतालमा भर्ना हुनुभएको छ ।

निमोनिया देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उहाँ आज भर्ना हुनुभएको सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार नेता नेपालको फोक्सो तथा श्वास नली सङ्क्रमण, ज्वरो, उच्च रक्तचापलगायत समस्या देखिएको छ ।

नेता नेपाललाई अस्पतालका उपनिर्देशक डा सन्तकुमार दासको नेतृत्वमा रहेको चिकित्सकको टोलीले उपचार गरिरहेको छ । उहाँको आजै एक्सरे, रगत, दिसा परीक्षण गरिएको छ ।

उहाँ अस्पतालको डिलक्स क्याबिनको बेड नं ५०१ मा भर्ना गरिएको छ । सूचना अधिकारी अधिकारीले नेता नेपाललाई केही दिन अस्पतालमा राखेर उपचार गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *