Main News

एमालेको संसदीय दलको नेतामा अध्यक्ष ओली

२०७९ पुष ५ गते १७:४८
एमालेको संसदीय दलको नेतामा अध्यक्ष ओली

५ पुस २०७९ काठमाडौं । नेकपा (एमाले) ले संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चयन गरेको छ ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज बसेको संसदीय दलको बैठकले अध्यक्ष ओलीलाई दलको नेता चयन गरेको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुभास नेम्वाङको समर्थनमा अध्यक्ष ओेली संसदीय दलको नेतामा निर्विरोध चयन हुनुभएको हो । एमाले ७८ सिटसहित प्रतिनिधिसभामा दोस्रो पार्टीको रुपमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *