यस्तो रहनेछ आगामी तीन दिनको मौसमी अवस्था

१ पुस २०७९ काठमाडौं । आजदेखि तीन दिनसम्म प्रदेश १ को पहाडी भूभागको एकदुई ठाउँमा हल्का वर्षा हुने मौसमविद्ले बताएका छन् ।
पूर्वी भेगमा बनेको न्यूनचापीय प्रणालीको प्रभावले आज प्रदेश १ को पहाडी भूभागको एकदुई ठाउँ तथा भोलि र पर्सि प्रदेश १ सँगै गण्डकी प्रदेशको एकदुई ठाउँमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो ।
उहाँका अनुसार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया आज सफा रहने छ । प्रदेश १ को पहाडी भूभागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
भोलि दिउँसो भने प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको उहाँको भनाइ छ ।
पर्सि दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
प्रतिक्रिया