Main News

संघीयताको सफल कार्यान्वयनका लागि एकजुट हुनुपर्छ : प्रधानमन्त्री देउवा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ मंसिर २५ गते १७:१८
संघीयताको सफल कार्यान्वयनका लागि एकजुट हुनुपर्छ : प्रधानमन्त्री देउवा (भिडियो रिपोर्टसहित)

२५ मंसिर २०७९ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीयताको सफल कार्यान्वयन गर्न सबै तहको सरकारलाई एकजुट हुन आह्वान गर्नु भएको छ ।

काठमाडौंमा गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन उद्घाटनमा प्रधानमन्त्री देउवाले अब नागरिकमा सुशासन र विकासको अनुभूति गराउने कामलाई प्राथमिकता दिनुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।

प्रधानमन्त्री देउवाले मुलुकमा विद्यमान गरिवी, बेरोजगारी, सामाजिक अन्धविश्वास तथा कूरीतिहरुको अन्त्यका लागि आर्थिक विकासका विभिन्न कार्यक्रमहरु संचालन गर्न सक्ने गरी स्थानीय तहको क्षमता अभिवृद्धि गर्न सबै पक्ष लाग्नुपर्ने पनि बताउनु भयो ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारलाई आत्मसमीक्षा गर्दै अघि बढ्न आग्रह गर्नुभयो ।

अध्यक्ष नेपालले संविधानले प्रदत्त गरेका अधिकारहरु जनताले उपयोग गर्न पाउने गरी काम गर्न पनि स्थानीय तहका जनप्रतिनिधि सवल ढंगले काम गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *