Main News

कर्णाली करिडोर मा स्काभेटर दुर्घटना २ जनाको मृत्यु, ३ जना बेपत्ता

२०७९ मंसिर २४ गते १७:२३
कर्णाली करिडोर मा स्काभेटर दुर्घटना २ जनाको मृत्यु, ३ जना बेपत्ता

२४ मंसिर २०७९ कालीकोट । कर्णाली करिडोर स्थित रेगिल सडकखण्डमा स्काभेटर डोजर पल्टिदा २ जनाको मृत्यु भएको छ ।

फुकोट कर्णाली हाइड्रो पावरको सुरूङ मार्गमा काम गर्दै गरेको डोजर कर्णाली नदिमा खसेको हो ।

दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते छन्।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक शुभराज बमले डोजर दुर्घटनामा सान्नित्रिबेणी १ का अन्दाजी बर्ष ३०का चरित्र सार्की र सान्नित्रिबेणी २ का अन्दाजि १६ बर्षका युवाराज बुढाको मृत्यु भएको जानकारी दिनुभयो।

दुर्घटनामा परी रास्कोट नगरपालिका वडा नं २ का मिलन शाही, खाडाचक् नगरपालिका वडा ११ का विकास भारति , आसिष भारति, घाइते भएका छन । घाइते तिनै जनाको जिल्ला अस्पताल कालिकोट मा उपचार भइरहेको छ।

दुर्घटना मा कैलाली घर भएका चालक बर्ष २२र२३ को कमल सोडारी , सान्नीत्रिवेणि गाउपालिका वडा नं १ बस्ने वर्ष १९ को उमेश गिरी र वर्ष १४ को रक्तिम कार्की वेपत्ता भएका छन् । बेपत्ता सबै को खोजि कार्य जारी रहेको प्रहरी निरीक्षक शुभराज बमले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *