खेलकूद

विश्वकप फूटबलमा आज क्वार्टरफाइनलका अन्तिम दुई खेल हुँदै

हिमालय टिभी
२०७९ मंसिर २४ गते ८:५७
विश्वकप फूटबलमा आज क्वार्टरफाइनलका अन्तिम दुई खेल हुँदै

२४ मंसिर २०७९ काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा आज क्वार्टरफाइनलका अन्तिम दुई खेल हुँदैछन् ।

पहिलो खेलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ । अल थुमामा स्टेडियममा हुने मोरक्को र पोर्चुगलबीचको खेल राति पौने नौ बजे शुरु हुनेछ । मोरक्कोले अन्तिम १६ मा स्पेनलाई पेनाल्टी सुटआउटमा हराएको थियो ।

पोर्चुगलले स्वीट्जरल्यान्डलाई ६–१ को फराकिलो अन्तरले हराएको थियो । यसअघि यि दुई टोलीले दुई पटक एकअर्का विरुद्ध प्रतिस्पर्धा गर्दा एक÷एक खेलमा जित हात पारेका छन् ।

यस्तै अन्तिम क्वार्टरफाइनलमा फ्रान्स र इङ्ग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । अल बायत स्टेडियममा हुने फ्रान्स र इङ्ग्ल्यान्डबीचको खेल राति पौने एक बजे शुरु हुनेछ । साविक विजेता फ्रान्सले अन्तिम १६ मा पोल्याण्डलाई हराएको थियो । यस्तै इङ्ग्ल्यान्डले सेनेगललाई हराएको थियो ।

यसअघि यि दुई टोलीबीच भएको ३१ भेटमा इङ्ग्ल्यान्डले १७ जित निकालेको छ भने फ्रान्सले ९ खेल जितेको छ । पाँच खेल भने बराबरीमा सकिएका छन् । विश्वकपमा भने फ्रान्स र इङ्ग्ल्यान्डबीच दुई पटक प्रतिस्पर्धा हुँदा इङ्ग्ल्यान्ड दुवै पटक बिजयी भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्