Main News

नवनिर्वाचित सांसद : कसको शैक्षिक योग्यता कति ? (भिडियो रिपोर्टसहित)

२०७९ मंसिर २१ गते १८:२१
नवनिर्वाचित सांसद : कसको शैक्षिक योग्यता कति ? (भिडियो रिपोर्टसहित)

२१ मंसिर २०७९ काठमाडौं । सांसदको शैक्षिक योग्यतामा सधै प्रश्न उठ्ने गरेको छ । आठ कक्षा फेलले देशको बागडोर सम्हाल्ने भन्दै बेला बखत कटाक्ष पनि हुने गरेको छ ।

एक सय ६५ निर्वाचन क्षेत्रबाट निर्वाचित मध्येका कुन–कुन सांसदले कति पढेका छन् । यसपटक कुन पार्टीबाट कति पढेकाले संसदीय यात्रा तय गरे त ?

प्रतिनिधिसभा सदस्यमा उमेदवारी दिन शैक्षिक योग्यताको कुनै हद छैन । तर, पनि उच्च शिक्षा हाँसिल गरेका नै संसदमा पुग्नुपर्छ भन्ने माग यो पटकको निर्वाचनमा उठेको थियो । मंसिर ४ को निर्वाचनबाट साधारण लेखपढ गरेकादेखि विद्यावारिधि गरेकासम्मले प्रतिनिधिसभा सदस्यमा बाजी मारेका छन् ।

विद्यावारिधि– ६
स्नातकोत्तर– ५१
स्नातक– ५९
प्रविणता प्रमाणपत्र ९ं२०– २१
एसएलसी– १८
एसएलसीभन्दा मुनि– ७
शैक्षिक योग्यता नखुलाएका– ३

५७ सिटमा विजयी हुँदै पहिलो दल बनेको नेपाली कांग्रेसबाट निर्वाचित मध्ये स्नातकोत्तरसम्मको अध्ययन गर्ने सबैभन्दा बढी छन् । कांग्रेसबाट स्नातकोत्तर गरेका २५ जना प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । साधारण लेखपढ गरेका देवप्रसाद तिमलसेना पनि सांसद बन्नुभएको छ भने ३ जनाले योग्यता उल्लेख गरेका छैनन ।

नेपाली कांग्रेसका सांसदको शैक्षिक योग्यता–
प्रत्यक्षतर्फ कुल सिट– ५७
विद्यावारिधि– २ जना
स्नातकोत्तर– २६ जना
स्नातक– १६ जना
प्रविणता प्रमाणपत्र ९ं२०– ४ जना
एसएलसी– ५ जना
एसएलसीभन्दा मुनि– १ जना
शैक्षिक योग्यता नखुलेका– ३ जना

कांग्रेसबाट निर्वाचित भएका रामनाथ अधिकारी, डिल्लीराज पन्त र पुर्ण बहादुर तामाङले भने शैक्षिक योग्यता उल्लेख गरेका छैनन् ।

यस्तै एमालेबाट एसएलसी पनि उत्तीर्ण नगरेका तीन जना प्रतिनिधिसभा सदस्य बनेका छन् । निर्वाचन आयोगमा प्रविष्ट विवरणअनुसार एमालेबाट निर्वाचित मध्ये अध्यक्ष केपी शर्मा ओलीसहित दामोदर पौडेल बैरागी र प्रेम बहादुर महर्जनको शैक्षिक योग्यता साक्षर उल्लेख गरिएको छ । यस्तै एमालेबाट निर्वाचित भएका मध्ये ४ जना एस।एल।सी उतिर्ण, ६ जना प्रमाणपत्र तह, १७ जना स्नातक, १४ जना स्नातकोत्तर गरेका उतिर्ण गरेका छन् ।

नेकपा एमालेका सांसदको शैक्षिक योग्यता–
विद्यावारिधि– ०
स्नातकोत्तर– १४
स्नातक– १७
प्रविणता प्रमाणपत्र ९ं२०– ६
एसएलसी– ४
एसएलसीभन्दा मुनि– ३
शैक्षिक योग्यता नखुलाएका– ०

माओवादी केन्द्रबाट एस।एल।सी नै उत्तिर्ण नगरेका छिरिङ डम्डुल लामा र सूर्यमान दोङसहित एसएलसी उत्तीर्ण गरेका ६ जना, तीन जना प्रमाणपत्र तह उत्तीर्ण, ६ जना स्नातक तथा एक जना स्नातकोत्तर गरेका प्रतिनिधिसभा सदस्य छन् ।

नेकपा माओवादी केन्द्रका सांसदको शैक्षिक योग्यता–
विद्यावारिधि– ०
स्नातकोत्तर– १
स्नातक– ६
प्रविणता प्रमाणपत्र ३
एसएलसी– ६
एसएलसीभन्दा मुनि– २
शैक्षिक योग्यता नखुलाएका– ०

यस्तै, नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएका मध्ये अम्बर बहादुर थापाले एस।एल।सीसम्म उतिर्ण गर्नुभएको छैन । यसैगरी एस।एल।सी उत्तिर्ण एक जना, प्रमाणपत्र तह पास गरेका दुई जना र स्नातक ४ जना र स्नातकोत्तर गरेका ३ जना प्रतिनिधिसभा सदस्य बनेका छन् ।

यता राप्रपाबाट निर्वाचित मध्ये एक जना प्रमाणपत्र तह पास गर्ने रहँदा स्नातक र स्नातकोत्तर गरेका ३र३ जना छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित मध्ये प्रमाणपत्र तह उत्तिर्ण दुई जना, स्नातक गरेका ४ जना र स्नातकोत्तर गरेका एक जना प्रतिनिधिसभा सदस्य भएका छन् ।

जसपाबाट निर्वाचित भएका मध्ये एसएलसी भन्दा कम, स्नातकोत्तर र त्यो भन्दा माथि अध्ययन गरेका एकरएक जना तथा स्नातक तहसम्म अध्ययन गरेका ४ जना छन् । लोसपाका दुई जनाले स्नातकोत्तर तथा प्रमाणपत्र तह र स्नातक तहसम्म अध्ययन गरेका एकरएक जना छन् ।

स्वतन्त्रबाट संसदको यात्रा तय गरेका मध्ये दुई जनाले स्नातक तथा एस।एल।सी भन्दा कम, प्रमाणपत्र तह र स्नातकोत्तर भन्दा माथि एक–एक जनाले अध्ययन गरेका छन् । यस्तै जनमतका चन्द्रकान्त राउतले विद्यावारिधि, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले स्नातकसम्मको अध्ययन गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *