सडक विस्तारमा बजेट : स्थानीय आफै हटाउन थाले भौतिक संरचना (भिडियो रिपोर्टसहित)

२०७९ मंसिर २१ गते १८:००
सडक विस्तारमा बजेट : स्थानीय आफै हटाउन थाले भौतिक संरचना (भिडियो रिपोर्टसहित)

२१ मंसिर २०७९ कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले कैलालीको धनगढीस्थित मुख्य सडक फराकिलो गर्न ६० करोड बजेट विनियोजन गरेपछि सडक क्षेत्राधिकारभित्र पर्ने संरचना भत्काउन थालिएको छ ।

कैलाली पुलदेखि क्याम्पस चोकसम्मको मुख्य सडक निर्माण गर्न भत्काउन आवश्यक रहेको दुई सय २९ भौतिक संरचना अहिले स्थानीय आफैले भत्काउन थालेका छन् ।

धनगढी उपमहानगरले मुख्य सडक फराकिलो बनाउन सडकको केन्द्रदेखि दायाँबायाँ १५÷१५ मिटर सडक विस्तार गरिने जनाएको छ । उप महानगरपालिकाले सडक क्षेत्राधिकार भित्र पर्ने संरचना खाली गर्न पत्राचार गर्दै सरकारी संरचना भत्काउन शुरु गरेको थियो ।

उपमहानगरले केही निजी संरचनामा समेत डोजर लगाएपछि अहिले घरधनी स्वतस्फुर्त रूपमा संरचना भत्काइरहेका छन् । उपमहानगरले विस्तृत योजना प्रतिवेदन ९डीपीआर० तयार गरेर तिहारलगत्तै सडकको संरचना हटाउने निर्णयलाई कार्यान्वयनमा ल्याएको थियो । यो निर्णयलाई नगरवासीले खुलेर समर्थन गर्दै आ–आफ्नो संरचना भत्काइरहेका छन् ।

हुलाकी सडक आयोजनाले जग्गाधनीको अवरोधलाई दोष लगाउँदै क्याम्पस चोकदेखि ट्राफिक चौराहसम्म संरचना हटाउन सकेको थिएन । तर, उपमहानगरपालिकाले डोजर चलाएर संरचना भत्काउन थालेपछि नगरवासी पनि खुशी छन् ।

सडक क्षेत्राधिकारभित्र पर्ने अधिकांश सरकारी भौतिक संरचनामा उपमहानगरपालिकाले भत्काएको छ । संरचना भत्काउनका लागि सूचना जारी गर्दा उपमहानगरविरुद्ध सर्वोच्च अदालतमा ४२ वटा परेका मुद्दा परेको थियो । जसमध्ये अहिलेसम्म १८ जनाले मुद्दा फिर्ता लिएका छन् । धनगढीको विकासप्रति बढेको लहरका कारण विना अवरोध सडक विस्तार गर्न सहज हुँदै गएको नगरप्रमुखको दावी छ ।

हुलाकी सडक योजना कार्यालय धनगढीले क्याम्पस चोकदेखि भन्सारसम्मको साढे ६ किलोमिटर बाइपास रोड निर्माण गरेको छ । अहिले निर्माण सुरु भएको मुख्य सडक समयमै सकिए धनगढीको स्वरुप परिवर्तन हुने उपमहानगरपालिकाको दावी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *