राजनीति

गृहमन्त्री-प्रकाण्ड भेटवार्ता : विप्लव समूहका नेता कार्यकर्ता रिहाइ गर्न माग (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ मंसिर २० गते १८:०१
गृहमन्त्री-प्रकाण्ड भेटवार्ता : विप्लव समूहका नेता कार्यकर्ता रिहाइ गर्न माग (भिडियो रिपोर्टसहित)

२० मंसिर २०७९ काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आफ्ना पार्टीका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गरी तत्काल जेलमुक्त गर्न सरकारलाई दबाब दिएको छ ।

सिंहदरवारमा आज गृहमन्त्री बालकृष्ण खाणसँग भेट गरी नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्माले सरकारले कानूनी जटिलता हल गरेर आफ्ना नेता, कार्यकर्ता रिहाइ गर्नु पर्ने बताउनुभयो ।

आम निर्वाचनको परिणामसँगै नयाँ सरकार गठन हुने बेलामा नेकपाले भने यही सरकारले आफूहरुको माग सम्बोधन गर्नुपर्ने जिकीर गरेको छ । गृहमन्त्री खाणले नेकपासँग सरकारले गरेको सहमति कार्यान्वन गर्न तयार रहेको बताउनुभयो ।

केपी ओली नेतृत्वको अघिल्लो सरकारसँग तीन बूँदे सहमति गरि नेकपा शान्ति प्रक्रियामा आएको थियो । तर सहमति अझै कार्यान्वयनमा नआएको भन्दै नेकपाले असन्तुष्टि जनाउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्